बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ब्रसेल्समा प्रजातन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम

बुधबार, ०९ फागुन २०७४, १३ : २०
बुधबार, ०९ फागुन २०७४

काठमाडौँ– बेल्जियमको राजधानी ब्रसेल्समा ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सोमबार विशेष कार्यक्रम आयोजना गरिएको छ ।  नेपाली दूतावासले आयोजना गरेको उक्त कार्यक्रममा बेनेलक्सका लागि नेपालका राजदूत लोकबहादुर थापाले व्यापार, लगानी, पर्यटन, प्रवद्र्धन र सांस्कृतिक आदान–प्रदानको माध्यमबाट नेपालको छवि अभिवृद्धि गर्न आफू क्रियाशील रहेको बताए । 

सो अवसरमा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय संयोजन समितिका अध्यक्ष जानकी गुरुङ र गैरआवासीय संघ नेपालका अध्यक्ष लोक दाहालले लोकतान्त्रिक पद्धतिबाट हालै निर्वाचित नेपाल सरकारले जनताका आकांक्षा पूरा गर्ने विश्वास व्यक्त गरेको ब्रसेल्सस्थित नेपाली दूतावासले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप