बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टरनेटमा भाइरल यी युवती अदालतको चक्करमा

बुधबार, ०९ फागुन २०७४, ११ : ०७
बुधबार, ०९ फागुन २०७४

नयाँ दिल्ली –‘ओरु आधार लभ’ नामक दक्षिण भारतीय (मलायालम) फिल्मको एक गीतमा आँखाको हाउभाउका कारण इन्टरनेटमा भाइरल भएकी अभिनेत्री प्रिया प्रकाश कोट (अदालत)को चक्करमा परेकी छन् । उनको बिरुद्ध भारतीय सर्वोच्च अदालतमा दर्ता गरिएको एफ आइ आर रद्द गर्न उनी अदालतको चक्करमा लागेकी हुन् ।
फिल्म ‘ओरु आधार लभ’ भित्र रहेको गीत ‘मनिक्या मलाराया पूवी’ बिरुद्ध हैदरावाद कोटमा रिपोट दर्ता गरिएको छ । यो गीत गलत अर्थका हिसावले चलचित्रमा प्रयोग गरिएको आरोप लगाइएको छ । गीत १९७८ मा पीएमए जब्बरले लेखेका थिए । यसको बिषयमा कोटले बुधबार आफ्नो फैसला सुनाउने भएको छ । 

किन दर्ता गरियो उनी बिरुद्ध उजुरी
– फिल्ममा गीत गलत अर्थ लाग्ने गरि प्रयोग गरिएको छ । उजुरीमा भनिएको छ । यो बिषयमा तेलंगाना र महाराष्ट्रमा समेत उजुरी दर्ता गरिएको छ । 
– चलचित्रका निर्देशक ओमर लुलुले गीत मार्फत आफुले प्रेम सबै सिमा भन्दा बाहिर हुने सन्देश दिएको बताए । उनले प्रियाको एक्सप्रेशन र गीतलाई लिएर नचाहिदो चर्चा गर्न खोजिएको आरोप लगाएका छन् । 
आँखाको चालले रातारात हिट प्रिया प्रकाश
– ‘ओरु आधार लभ’ फिल्मको ‘मनिक्या मलाराया पूवी’ गीतमा आँखाको चालबाट प्रिया रातारात हिट भएकी छन् । शान रहमानले संगीत गरेको यो गीतले २४ घन्टामा १० लाख बढी दर्शक पाएको थियो, भने गीतलाई ५० हजार बढीले लाइक गरेका थिए । गीतमा विनीत श्रीनिवासनको आवाज रहेको छ ।
– भ्यालेन्टाइको समयमा यो गीतको भिडियो क्लिपलाई अधिकाम्स युवाहरुले शेयर गरेका थिए । त्यसैले यो गीत छिट्टै भाइरहल भएको थियो । 

इंस्टाग्राममा ३५ लाख बढी फलोअर्स   
प्रिया यो गीतबाट धेरै नै चर्चित बनिन् । इस्टाग्राममा मात्र उनको पलोअर्स ३५ लाख बढी पुगेको छ ।

को हुन् प्रिया प्रकाश
‘ओरु आधार लभ’ दक्षिण चारतीय फिल्म हो । यो प्रिया प्रकाशको डेब्यु फिल्म हो । फिल्मको ‘मनिक्या मलाराया पूवी’ गीतमा उनले गरेको एक्सप्रशन र स्माइलका कारणले करोडौ मानिस उनी प्रति फिदा भएका छन् । 
– १८ बर्षकी प्रिया केरलाकी निवासी हुन् । उनी अहिले थ्रिसुरको विमला कलेजमा बिकम अध्यायनरत छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप