शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री पौडेल र अष्ट्रेलियन राजदुतबीच भेट

बुधबार, ०९ फागुन २०७४, १० : ५६
बुधबार, ०९ फागुन २०७४


मकवानपुर– प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेल र अष्ट्रेलियन राजदुत पिट वडबीच बुधबार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौँडामा भएको भेटवार्तामा अष्ट्रेलिया र नेपालको प्रदेश नम्बर तीनबिच सहकार्य गर्ने विषयमा छलफल भएको छ । 
भेटमा मुख्यमन्त्री पौडेलले अष्ट्रेलियाले नेपाललाई हालसम्म गरेको सहयोगको प्रशंसा गरेका थिए । 
नेपाल पहिलो पटक संघीय अभ्यासमा रहेको भन्दै मुख्यमन्त्री पौडेलले केन्द्रीय सरकारले गरेको पहिलो निर्णय अन्र्तगतको टेक्निकल विषयको शिक्षालय स्थापनाका लागि अष्ट्रेलिया सरकारसँग सहकार्य गर्न आफुहरु तयार रहेको बताए । 
नेपाली विद्यार्थीहरुको पहिलो रोजाई बनेको अष्ट्रेलियामा विद्यार्थीहरुको भिड रोक्दै नेपालमानै उद्यमशिलतालाई बढवा दिनको लागि अष्ट्रेलिया र नेपालको बिच सहकार्य आवश्यक भएको उनको भनाई थियो । 
भेटमा अष्ट्रेलियन राजदुत वडले आफुहरु नेपाल सरकार र प्रदेश सरकारसँग शिक्षा, स्वास्थ्य सहितका अन्य विषयमा सहकार्य गरेर अघि बढन तयार रहेको पनि बताए । उनले संघीय नेपालको पहिलो मुख्यमन्त्री भएकोमा पौडेललाई बधाई ब्यक्त गरे । भेटमा प्रदेश नम्बर ३ का मुख्यसचिव रेष्मीराज पाण्डेको पनि सहभागिता रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप