बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाँसको घरमा खुल्यो कुञ्ज नाटकघर

बुधबार, ०९ फागुन २०७४, १० : ५३
बुधबार, ०९ फागुन २०७४

काठमाडौं– राजधानीको सिडिओटोलस्थित लेखनकुञ्जमा ‘कुन्ज नाटक घर’ स्थापना भएको छ ।  संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशी, साहित्यकार एवम् राजनीतिज्ञ प्रदिप ज्ञवाली र लेखन कुन्जका अध्यक्ष कमल ढकालले नाटकघरको संयुक्त रुपमा उदघानटन गरे । 
नाटकघर उद्घाटनका प्रमुख अतिथि सत्य मोहन जोशीले बाँसको घरमा नाटक आपैmमा आकर्षक लागेको बताए । 
‘नाटक आफैमा अन्तराष्ट्रिय भाषा हो ।  अन्र्तराष्ट्रिय भाषालाई प्राकृतिक ढंगले अंगालेकोमा खुशी लाग्यो’ उनले भने । 
एमाले नेता प्रदिप ज्ञवालीले कुन्ज नाम आफैमा युनिक भएको र प्राकृतिक माहौलका कारण यसले भविष्यमा नाटकमा आफ्नै प्रकारको छाप छाड्ने बताए । 
घोष्ट राईटिङ नेपाल एवम लेखन कुन्जका संस्थापक अध्यक्ष कमल ढकालले नाटक, खाजा र साहित्यको फरक स्वाद दिन आफुले नयाँ बानेश्वर थापागाउँमा लिटरेचर हब खडा गरेको जानकारी दिए ।  
नाटकघरमा अहिले चिनीया  साहित्यकार लु शुनको नाटक ‘म्याड म्यान्स डायरी’  प्रदर्शनमा आएको छ । चे शंकर निर्देशित नाटकमा सुदाम सिकेले अभिनय गरेका छन् । ‘म्याड म्यान्स डायरी’ नौ दिनसम्म चल्नेछ । शनिवार दुई सो हुने आयोजकका तर्फबाट सुरन्जन कोईरालाले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप