मेस्सीले कोन्टेको ‘ग्रेटवाल’ भत्काउँदा बार्सिलोनालाई फाइदा
लण्डन । मंगलबार बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिगको खेलअघि चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले भनेका थिए, ‘लियोनेल मेस्सीको नेतृत्वमा ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई हराउने हो भने चेल्सी निकै अनुशासित हुन जरुरी छ ।’
बार्सिलोनाविरुद्ध जित निकाल्ने हो भने उनले सटिक खेल खेल्नुपर्ने बताएका थिए । बार्सिलोना यो खेलमा ‘साबिक विजेता’ रहेको स्वीकार गर्दै खेलमा निकै मिहिनेत गर्नुपर्ने कोन्टेको भनाई थियो ।
मंगलबारको खेलमा केही सेकेण्डको मुर्खताबाहेक चेल्सीले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । दोस्रो हाफमा विलायनको गोलपछि चेल्सी जीत नजिक पनि पुगेको थियो ।
उता, बार्सिलोनाले खेलअवधि भर कुनै उत्कृष्ट अवसर सृजना गर्न सकिरहेको थिएन । तर, आन्द्रे क्रिस्टियनको मिस पासलाई आन्द्रेस इनियेस्टाले नियन्त्रणमा दिँदै मेस्सीको चेल्सीविरुद्ध ७३० मिनेट र आठ खेलको गोलको खडेरी अन्त्य गर्न अवसर सृजना गरिदिए ।
खेलमा १५ मिनेट छँदासम्म कोन्टेले उत्कृष्ट रणनीति अख्तियार गरेका थिए । तर, त्यो एउटा सानो गल्तीले उनको सबै योजना चकनाचुर बन्यो ।
पूर्वानुमान अनुसार चेल्सीले लामो समय बलमा नियन्त्रण राख्न सकेन । बार्सिलोनाले लगभग ७० प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि गोलको अवसर सृजनानै गर्न सकिरहेको थिएन ।
उता, कम पोजेसन भए पनि चेल्सीले अवसरहरु धेरै सृजना गरिरहेको थियो । पहिलो हाफमा विलायनको दुईवटा प्रहार पोष्टमा लागेको थियो ।
अब महत्वपूर्ण अवे गोलसँगै बार्सिलोनाको मैदानमा हुने दोस्रो लेगमा घरेलु टोलीलाई फाइदा हुने पक्कै देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहसचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन
-
युक्रेनका थप दुई गाउँ कब्जा : रुस
-
विश्वभरका बजारबाट कोभिड खोप फिर्ता लिने एस्ट्राजेनेकाको निर्णय
-
राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा यो वर्ष ६ वटा बाघ मृतावस्थामा भेटिए
-
आमाको मन बुझ्न वर्षौँ लाग्यो
-
फुटेको पार्टी दर्ता गर्न निर्वाचन आयोगको हतारो, भूमिकामाथि प्रश्न