शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीको गाउँपालिकाको बजेट २८ करोड ४४ लाख

बुधबार, ०९ फागुन २०७४, ०९ : २०
बुधबार, ०९ फागुन २०७४

गौशाला महोत्तरी - जिल्लाको सम्सी गाउँपालिकाका लागि रु २८ करोड ४४ लाख बजेट प्रस्तुत हुँदै प्रथम गाउँसभा सम्पन्न भएको छ । 

सडक सञ्जाल, स्वास्थ्य सेवा, खानेपानी, विशेष शिक्षा योजना, कृषि योजनालगायत योजनालाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राख्दै सम्सी गाउँपालिकाका उपाध्यक्ष नगिनादेवी यादवले आर्थिक वर्ष २०७४÷७५ का लागि रु २८ करोड ४३ लाख ९६ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।

गाउँपालिकाको प्रथम गाउँसभा गाउँपालिका अध्यक्ष शेष फारुखको अध्यक्षतामा भएको थियोे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप