शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो चरणमै राष्ट्रपतिको चयन !

बुधबार, ०९ फागुन २०७४, ०७ : ५१
बुधबार, ०९ फागुन २०७४

संघीय र प्रदेश संसदमा दलहरुबीच भएको सांसद् संख्याअनुसार यसपटकको राष्ट्रपति र उपराष्ट्रपतिका लागि हुने चुनाव पहिलो राउन्डमै टुंगिने सम्भावना देखिएको छ । 

निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मतभार प्राप्त गर्ने व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने व्यवस्था छ ।

राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि संघीय संसदका ३३४ र प्रदेशसभाका ५५० गरी कुल ८८४ जना मतदाता हुने व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ का अनुसार संघीय संसदका एक जना सदस्यको मतभार ७९ हुनेछ भने प्रदेशसभाका एकजना सदस्यको मतभार ४८ हुनेछ ।, आजको गोरखापत्रमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप