बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बसको ठक्करबाट नेविसंघ एनआरका सचिवको मृत्यु

बुधबार, ०९ फागुन २०७४, ०७ : ४३
बुधबार, ०९ फागुन २०७४

काठमाडौं-बसको ठक्करबाट राजधानीको नेपालटारमा एक जनाको मृत्यु भएको छ ।  बा ३ ख २६१३  नम्बरको बसको ठक्करबाट  नेविसंघ एनआर क्याम्पस इकाई सचिव चन्द्र प्रकाश मुक्तानको  मंगलबार  मृत्यु भएको हो । 
मोटरसाइकलमा सवार मुक्तानलाई तीब्र गतिमा रहेको बसले  मंगलबार साँझ ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु  हुन पुगेको प्रहरीले जनाएको छ । 
घटनालगत्तै राती मृतकका आफन्तले नेपालटार क्षेत्रमा प्रदर्शन समेत गरेका थिए । 
यसैबीच आज विहान ८ बजेदेखि नेपालटारमा घटनाको विरोधमा प्रदर्शन गर्न लागिएको नेविसंघले जनाएको छ । 
चालकमाथि कडा भन्दा कारबाहीका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग सहित प्रदर्शन गर्न लागिएको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप