बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वस्तु निर्यातभन्दा दोब्बरको इन्धन आयात

बुधबार, ०९ फागुन २०७४, ०७ : ०६
बुधबार, ०९ फागुन २०७४

नेपालले पछिल्लो ६ महिनामा कुल वस्तु निर्यातबाट प्राप्त रकमभन्दा करिव दोब्बर रकम बराबरको इन्धन मात्र आयत गरेको छ।

नेपालले पुस मसान्तसम्ममा कुल ४१ अर्ब १४ करोडको वस्तु निर्यात गरेको थियो भने पेट्रोलियम पदार्थ मात्र झन्डै दोब्बर अर्थात् ७५ अर्ब २० करोड रुपैयाँ बराबरको आयात गरको नेपाल आयल निगमले जनाएको छ।

बजारमा बढ्दो खपतसँगै इन्धन आयातमा उल्लेख्य रुपमा वृद्धि भएको छ भने केही महिनायता इन्धनको मूल्य समेत वृद्धि हुँदा यस्तो अवस्था देखिएको हो। गत वर्ष सोही अवधिमा ५४ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो।

अघिल्लो वर्षका मूल्य २० प्रतिशतले बढेको हुनाले कुल आयात रकम बढेको निगमले जनाएको छ। यसबाहेक भारतबाट वार्षिक १७ अर्ब रुपैयाँ बराबरको बिजुली पनि आयात हुने गरेको छ।

निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले ६ महिनामा ७५ अर्ब रुपैयाँभन्दा बढीको इन्धन आयात भएको बताए।, यो खबर आजको कारोवारमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप