शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रणबीरमा मिस नेपाल इन्टरनेशनल शुभेच्छा

मङ्गलबार, ०८ फागुन २०७४, १९ : ३१
मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौं– चलचित्र ‘रणबीर’को छायाँकन सुरु भएको छ । सोमबार प्रजातन्त्र दिवसको अवसर पारेर चलचित्रको छायाँकन सुर भएको हो । राजधानीबाट चलचित्रको छायाँकन सुरु भएको निर्माता दीपेन्द्र रेग्मीले जानकारी दिए ।
एउटा संघर्षशिल युवाको सफलताको कथामा निर्माण हुन लागेको यो चलचित्र राजधानी पछि यो धनगढी, महेन्द्रनगर लगायतका स्थानमा छायाँकन हुनेछ । चलचित्र गोमा बिष्ट थापाले दीपेन्द्र रेग्मीसँगको सहकार्यमा निर्माण गर्न लागेकी हुन् । एउटा स्तरीय र राम्रो नेपाली चलचित्र निर्माण गर्ने सपना साकार तुल्याउन आफुले करिब दुई करोड लगानी रणबीरमा गर्न लागेको निर्माता बिष्ट बताइन् । 

हाँस्य, प्रेम, द्धन्द्धको समिश्रण रहने भनिएको यो चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गर्नेछन् । केही दक्षिण भारतीय सिनेमा र नेपाली सिनेमामा सहायक निर्देशक रहेका गोबिन्द ‘रणबीर’बाट निर्देशकमा डेब्यु गर्दैछन् । 

चलचित्रमा सुशील सिटौला, मिस नेपाल इन्टरनेशनल–२०१२ सुभेच्छा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहारी, रवी गिरी, नरेश पौड्याल, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट, शैलेश्वरी सिंह लगायतको अभियन रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप