शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किरण र जुनुको मुख छोपीमा यस्तो रमाइलो

मङ्गलबार, ०८ फागुन २०७४, १९ : २६
मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौं– गायक किरण भुजेल तथा गायिका जुनु राईको यूगल गीत ‘मुख छोपी...’को म्युजिक भिडियो सार्वजनिक भएको छ । अनिल शाहीद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु सुवोध सुधाकर रिजालले रचना गरेका हुन् । 

गीतमा अनिल शाहीकै संगीत संयोजन छन् । भीषण मानन्धरले प्रोग्रामिङ गरेको उक्त गीतलाई प्रकाश केसीले मिक्सिङ गरेका छन् । यसअघि ‘बरीलै...’ तथा ‘माया मैसँग लाइ देउन...’ गीतबाट चर्चामा आएका गायक किरण भुजेल नेपाल आइडलका प्रतिभाशाली प्रतिस्पर्धी समेत हुन् ।

मोहनराज अधिकारीद्वारा निर्देशित उक्त म्युजिक भिडियोलाई नृत्यपरक बनाइएको छ । म्युजिक भिडियोमा गायक किरण भुजेल आफैंले अभिनय गरेका छन् । भिडियोमा उनलाई जुना सुन्दासले साथ दिएकी छिन् । अमृत सुनुवारद्वारा छायाँकन गरिएको उक्त भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप