बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मोफसलका पाँच शहरमा नेपाल एजुकेशन फेयर–२०१७  हुने

आइतबार, १८ असार २०७४, १९ : २५
आइतबार, १८ असार २०७४

काठमाडौं– आगामी असार २३ गतेदेखि साउन ५ गतेसम्म मोफसलका चार शहरमा शैक्षिक मेला हुने भएको छ । विभिन्न टेलिभिजनको संयुक्त आयोजनामा हुन लागेको मेला विराटनगर, विरगञ्ज, धनगढी र नेपालगञ्जमा हुनेछ । 

आयोजकले आइतवार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर शैक्षिक मेलाबारे जानकारी दिएको हो । पछिल्लो समय विभिन्न संघ संस्थाले शैक्षिक मेला गर्ने गरेको भए पनि सबै मेला राजधानी केन्द्रित भएकाले मोफसलमा मेला गर्न लागिएको आयोजकले बताएका छन् ।

मेलाबारे जानकारी दिदै विजनेश प्लस टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत डम्बर साहुले मुलक संघियतामा गइसकेको अवस्थामा शैक्षिक कार्यक्रम र गतिविधिलाई पनि राजधानी केन्द्रित गर्न नहुने बताए । मेलामा सहभागी हुन चाहने विद्यार्थीले प्रवेशका लागि कुनै शुल्क तिर्नु पर्दैन । मेलामा उच्च शिक्षा नीति बहस कार्यक्रम समेत गरिने आयोजकले जानकारी दिएको छ । 

आगामी असार २३ र २४ गते विराटनगरको होटल एसियाटिक, असार २७ र २८ गते विरगञ्जको जैन धर्मशाला, असार ३१ र साउन १ गते धनगढीको ओम पार्टी प्यालेस र साउत ४ र ५ गते नेपालगञ्जको सिद्धार्थ कटेजमा मेला सम्पन्न गरिने जनाइएको छ । हरेक मेला स्थलमा विभिन्न कलेज तथा विश्वविद्यालयको करिब ४५ वटा  शिक्षण संस्थाको सभागिता रहने छ । मेलामा करिब १५ हजार विद्यार्थीको सहभागिता रहने अनुमान गरिएको छ । 

बरिष्ठ शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले पनि मेला आयोजना गर्नु अत्यन्तै खुशीको कुरा भएको बताए । उनले मुलुक संघीयतामा गइसकेकोले शैक्षिक कार्यक्रमहरुलाई पनि विकेन्द्रिकरण गरेर ग्रामिण ठाउँहरुमा समेत पुर्याउनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप