मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तनाको कुन्दुजमा तालिवानको आक्रमण, चारजनाको मृत्यु

मङ्गलबार, ०८ फागुन २०७४, १६ : १२
मङ्गलबार, ०८ फागुन २०७४

एजेन्सी– अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको काला इ जाल जिल्लामा भएको तालिबान आतङ्ककारीको आक्रमणमा परी चार व्यक्तिको मृत्यु भएको छ । जिल्ला गभर्नर अब्दुल मोमिन ओमार्खिलले मंगलबार सो जानकारी दिएका छन् । 

काला इ जार जिल्लाको सख्सा कोल इलाकामा सोमबार अपराह्न आँधीको रुपमा आएका तालिबान आक्रमणकारीको आक्रमणमा परी एक सर्वसधारण र ती सरकार समर्थन लडाकूहरुको मृत्यु भएको ओमार्खिलले बताएका छन् । 

तालिवान आतङ्ककारी समूहले यस आक्रमणको जिम्मा लिएका छन । सञ्चार माध्यमलाई आफूहरुले यो हत्या गरेको उनीहरुले दाबी गरेका छन । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप