काठमाडौँको धापासीबाट हराएका नाबालक नौ दिनसम्म पनि फेला परेनन्
रौतहट । काठमाडौँ धापासीबाट नाबालक हराएको नौ दिन बित्दा पनि फेला नपरेपछि परिवारमा रुवाबासी भएको छ ।
गत २९ गते हराएको ३ बर्षीय अभिशेक मैनालीको ९ दिन सम्म कुनै सुुराक नलाग्दा पिडित परिवार अपहरणको आशंका गरेका छन् ।
हालसम्म अपहरणको कुुनै संकेत भने दखिएको छैन ।
अपहरण हो भने अपहरणकारीले फिरौतीको लागी कतै बाट फोन पनि नगरेको पिडित तथा अभिषेकका बुुवा गणेश मैनालीले जानकारी दिए ।
धापासीस्थित आफनै कोठामा दिउँसो परिवारसँग बसेर खाना खाँदै थिए ।
सोही क्रममा कोठा बाहिर निक्लेका ३ बर्षीय छोरा अभिषेख हाल सम्म सम्पर्क बिहिन रहेको पिडित मैनालीले बताए ।
घटना महानगरिय प्रहरी बिट धापासी,चक्रपथमा उजुुरी दिएको मैनालीले बताए ।
घटनाको २ दिनपछि बालबालिका खोज तलास केन्द्र भृकुुटी मण्डप, अपराध महाशाखा टेकुु, प्रहरी परिसर टेकुुमा समेत उजुुरी दिएको थियो ।
प्रहरी कार्यालय धाएको नौ दिन हुुनलागेको छ तर उपलब्धि भने केही नपाएको उनले दुुखेसो पोखेका छन् ।
रौतहटको फतुुआ विजयपुर नगरपालिका वडा ११ हिमालीवास घर भएका मैनाली पछिलो ७–८ बर्ष देखी काठमाण्डौ स्थित धापासीमा कोठा लिएर बस्दै आएका छन् ।
मैनाली टाटा मोबाईल भाडामा चलाउने गर्दछन् ।
नेपाल प्रहरीका प्रवक्ता डिआईजी मनोज न्योपानेले घटनालाई प्रहरीले गम्भिरता साथ हेरिरहेकाले चाँडै परिणाम आउने बताए ।
अपरहण हो की हराएको घटना बारे केही बोल्न न मिल्ने तथा अनुुसन्धान भईरहेको डिआईजी न्योपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ