बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आफूलाई टोकको बदला लिन जसले सर्पको टाउको टोकेर खाए

मङ्गलबार, ०८ फागुन २०७४, १५ : ०३
मङ्गलबार, ०८ फागुन २०७४

लखनउ । भारतको उत्तर प्रदेशस्थित हारडोईमा एउटा अनौठो घटना घटेको छ । एउटा व्यक्तिले सर्पको टाउको टोकेर चुँडालिदिएका छन् । 

त्यसपछि उनले टाउको चपाएर फलिदिए ।

सोनेलालका अनुसार उक्त सर्पले आफूलाई टोकेको कारण बदला लिन त्यस्तो गरेका हुन् ।

घटनापछि उनी बेहोस भएका थिए । उनलाई तुरुन्तै नजिकैको स्वास्थ्य चौकीमा लगिएको थियो । तर, त्यहाँ भने डाक्टरले उनको शरीरमा सर्पले टोकेको कुनै दाग भेट्न सकेनन् ।

शुक्लापुर भागर गाउँबाट एम्बुलेन्स सेवालाई एक किसान बेहोस बनेको खबर प्राप्त भएको थियो । सोनेलालाई साँझ सात बजे अस्पताल पुर्याइएको थियो जहाँ उनलाई डा. महेन्द्र वर्मा तथा फार्मासिस्ट हितेस कुमारले जाँच गरेका थिए ।

‘सोनेलालका छिमेकी राम सेवक र राम स्वरुपले उनलाई सर्पले टोकेको बताएपछि हामीले उनको शरीरमा टोकेको दाग खोज्यौँ तर फेला पार्न सकेनौँ,’ हितेशले भने ।

उनले थपे, ‘उनका भतिजले भने घटनाको बेला सोनेलाला एक्लै भएको र उनले आफूलाई पनि सर्पले टोकेको बताए । हामीले तुरुन्तै औषधि दिएर उनको उपचार शुरु गर्यौँ ।’

डाक्टरका अनुसार सर्पले उनलाई टोकेकै थिएन । बरु, सर्पको टाउको चपाउँदा विषका कारण बेहोस भएको हुनसक्ने डाक्टरको अनुमान छ ।

स्थानीयका अनुसार सोनेलाल लागुऔषध दूर्व्यसनी थिए ।

यसबारे समचार फैलिएपछि मानिसहरु स्वास्थ्य चौकीमा जम्मा भएका थिए । स्थानीय व्यापारी मुकेश गुप्ता भन्छन्, ‘मैले त समाचार पत्याउन सकिँन । कसैले कसरी सर्पको टाउको टोक्न सक्छ । जब सोनेलाल र सर्पको तस्विर देखेपछि म अचम्मित भएँ ।’

राज्यको मस्तिष्क स्वास्थ्य समाजका सेक्रेटरी डा. एससी तिवारीका अनुसार सोनेलालको व्यवहार सामान्य नभएको बताए । ‘यस्तो गर्ने मानिस कि त आक्रामाक या विक्षिप्त हुनुपर्छ,’ तिवारीले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप