शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो चरणमा माओवादीका २ मन्त्री, छनौटको लागि बन्यो यस्तो सूत्र

मङ्गलबार, ०८ फागुन २०७४, १४ : ५९
मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौं -पहिलो चरणको मन्त्रीपरिषद माओवादीले दुई जना नेता पठाउने भएको छ ।

माओवादी उच्च सूत्रका अनुसार आज साँझ वा भोलिसम्म ती मन्त्रीले सपथ लिने गरी पठाइने छ ।

माओवादी स्रोतका अनुसार पहिलो चरणमा एक जना पहाडबाट र एक जना मधेशवाट मन्त्री हुने छन् । 

आज मात्र चितवन पुगेर प्रचण्डले दुई जनालाई मन्त्रीमा सिफारिस गर्ने बताएका थिए ।

आज दुई जना नेता सरकारमा जान्छन् : प्रचण्ड

‘को को जानुहुन्छ भन्ने तय भइसकेको छैन’ अध्यक्ष प्रचण्डले चितवन पुगेर भनेका छन्, ‘आजैको दिन सरकारमा हाम्रो सहभागिता रहन्छ । यसपछि बिस्तारै सरकारले पनि पूर्णता पाउनेछ ।’

मधेशबाट मात्रिका यादव मन्त्री हुने सम्भावना छ । 

पहाडबाट मन्त्रीका आकांक्षी धेरै छन् । के मन्त्री जान्छ भन्ने यकिन भएको छैन् । 

माओवादी उच्च सूत्रले छनौटको मापदण्डवारे जानकारी दिए पनि नामवारे केही बताउन चाहेन । 

माओवादी र एमालेवीच हिजो पार्टी एकताका आधार भन्दै सात बुँदे सहमति बनेको थियो ।

त्यसपछि माओवादी सरकारमा सहभागी हुन लागेको हो ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका दुई नेतालाई मात्र समेटेर पहिलो चरणमा मन्त्रीपरिषद् विस्तार गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप