शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई शशांकको बधाई !

मङ्गलबार, ०८ फागुन २०७४, १४ : २९
मङ्गलबार, ०८ फागुन २०७४

चितवन–नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी संसदीय दलको नेतामा शेरबहादुर देउवाको विकल्प खोजी गर्ने बताएका छन् । महामन्त्री कोइरालाले सर्वसम्मत भएमात्रै आफू संसदीय दलको नेता बन्न चाहेको पनि कोइरालाले स्पष्ट पारेका छन् । संसदीय दलको नेताको चुनाव भने नलड्ने उनको योजना छ । 

मंगलबार चितवनको भरतपुर विमानस्थलमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै महामन्त्री कोइरालाले एमाले र माओवादी केन्द्रबीच एकता गर्ने सहमति भएकोमा आफू खुसी भएको प्रतिक्रिया पनि दिए । 
महामन्त्री कोइरालाले पार्टीलाई जोगाएर अघि बढाउने योजना पनि अघि सारे ।

उनले पार्टीलाई प्रतिपक्षमा हुँदा नै संगठित गर्न सहज हुने धारणा समेत राखे । विमानस्थलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग समेत डा. कोइरालाको भेट भएको थियो । उनले प्रचण्डलाई बधाई समेत दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप