शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘लम्फू’को पोस्टरमा यस्तो देखिइन् तरकारीवाली कुशुम

मङ्गलबार, ०८ फागुन २०७४, १४ : १४
मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौं –तरकारीवालीको उपनामले संसारभर भाइरल बनेकी धादिङकी  कुशुम श्रेष्ठको समेत अभिनय रहेको चलचित्र ‘लम्फू’को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले चलचित्रको तीन फरक–फरक भाव र चरित्र अटाएका पोस्टर एकसाथ सार्वजनिक गरेको हो । 

सार्वजनिक पोष्टरमा तरकारीवाली कुशुम समेत अटाएकी छन् । २०७५ वैशाख २८ मा रिलिज हुने यो चलचित्र एक युवाको जीवनमा आइपर्ने अकल्पनिय घटनाहरुले भरिएको छ । 

गोपालचन्द्र लामिछानेले निर्देशन गरेको चलचित्र पपुलर मल्टिमिडियाका शक्ति वल्दव घोरासैनीले निर्माण गरेका हुन् । यस चलचित्रको लेखन भूपतिले गरेका हुन्, भने दीपक बज्राचार्यको छायाँकन रहेको छ ।

‘लम्फू’मा हरि सिलवालको सम्पादन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र शिव विकको कोरियोग्राफी रहेको छ । चलचित्रमा बालकलाकार कुशाग्र भट्टराईको पनि अभिनय रहेको छ ।

अर्जुन पोखरेलको संगीत रहेका ‘लम्फू’का चार गीत अडियो भर्सनमा एकसाथ सार्वजनिक भइसकेका छन् । सार्वजनिक सबै गीतले सकारात्मक प्रतिक्रिया पाएको संगीतकार पोखरेलले बताए । 

कबिर खड्का, मरिस्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी लगायतका कलाकारको अभिनय चलचित्रमा देख्न सकिन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप