बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओली सरकारले निर्णय उल्टाएपछि काँग्रेसले गर्यो तत्काल यस्तो तयारी

मङ्गलबार, ०८ फागुन २०७४, ११ : ००
मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौं–केपी ओली नेतृत्वको सरकारले देउवा सरकारको समयमा भएका  निर्णय उल्टाएपछि आफ्नो धारणा सार्वजनिक नेपाली काँग्रेसले पत्रकार सम्मेलन गर्न लागेको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दलको धारणा पत्रकार सम्मेलनमार्फत काँग्रेसको धारणा सार्वजनीक गर्न लागेका हुन् । पत्रकार सम्मेलन दिउँसो तीन बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा हुने बताइएको छ ।

देउवा सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेका तीन नामलाई ओली सरकारले उल्टाएको थियो । देउवा सरकारले सिफारिस गरेका गोपाल बस्नेत,चाँदनी जोशी र कृष्णप्रसाद पौडेलको ठाँउमा सरकारले युवराज खतिवडा, रामनारायण बिडारी र डा.विमला गौतमलाई सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले ओली सरकारले  सिफारिस गरेका नामलाई अनुमोदन गरिसकेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप