शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘पञ्चेबाजा’ हेर्न १६ वर्षभन्दा कम उमेरकालाई अभिभावक चाहिने

मङ्गलबार, ०८ फागुन २०७४, १३ : ०९
मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौं – शुक्रबारबाट रिलिज हुने चलचित्र ‘पञ्चेबाजा’ सेन्सर पास भएको छ । सेन्सर बोर्डले ‘पिजी सर्टिफिकेट’ थमाउदै चलचित्र पास गरेको हो । अब यो चलचित्र हेर्न १६ वर्षभन्दा कम उमेरका दर्शकलाई अभिभावकको साथ चाहिनेछ । न्यू भेनस फिल्म्स्को व्यानरमा निर्माण भएको ‘पञ्चेबाजा’ मा राजेश शाहीको लगानी छ । 

सौगात मल्ल र जस्मिन क्षेष्ठ, कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको अभिनय देख्न सकिन्छ ।  पछिल्लो समय गीत संगीतका कारण पनि नेपाली चलचित्रको व्यापार केही आशलाग्दो बन्दै गएको छ । गीत संगीत उत्कृष्ट भएकै कारण केही चलचित्र ब्यवसाय गर्न सफल भएका छन् ।

 यो चलचित्रको ‘घिन घिन मादल’ बोलको गीत पनि यतिबेला खुब चर्चामा छ । चिया पसलदेखि विभिन्न साँस्कृतिक कार्यक्रममा यो गीत राम्रो घन्किएको देख्न सकिन्छ । अञ्जु पन्त र डेविड शंकरको स्वर रहेको गीतमा प्रदीप भाद्वाजको शब्द र विकास चौधरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र सौगात र जस्मिन श्रेष्ठको अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप