शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा सरकारको निर्णय उल्टिएपछि काँग्रेस अदालत जाने

मङ्गलबार, ०८ फागुन २०७४, १२ : ३१
मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौँ । नयाँ सरकारले देउवा प्रधानमन्त्रीकालमा गरेका सिफारिस उल्टाएपछि कानुनी उपचारका लागि काँग्रेस अदालत जाने सक्ने पूर्वमन्त्री मिन विश्वकर्माले वताएका छन् ।

सरकारको निर्णय असंवैधानिक र अराजनीतिक भएको विश्वकर्माले वताए । 

संवैधानिक रुपमा सरकारलाई अप्ठ्यारो परेको वेलामा निर्णय उल्टन सक्ने वताँउदै विश्वकर्माले भने ‘अहिले सरकारलाई कुन कारणले निर्णय उल्टाउन पर्यो ?’

‘देउवा सरकारले तोकेका प्रदेश प्रमुख तथा प्रदेश मुकामहरु वर्तमान सरकारले स्विकारेको छ ’ उनले भने ‘ राष्ट्रिय सभालाई पूर्णता दिन गत सरकारले सिफारिस गर्नैपर्ने प्रावधान थियो । यसरी निर्णय उल्टाउँदै जाने हो भने निर्वाचन पनि उल्टाउनुपर्छ ।’  

पूर्व वाणिज्य मन्त्री समेत रहेका विश्वकर्माले रिट दायरका विषयमा दलमा छलफल हुने बताए ।

सरकारले राष्ट्रिय सभा सदस्यका लागि युवराज खतिवडा,रामनारायण विडारी र विमला पौडेललाई सिफारिस गरेको थियो । जसलाई राष्ट्रपति कार्यालयले नियुक्त गरिसकेको छ ।

देउवा सरकारले भने गोपाल वस्नेत, चाँदनी जोशी र कृष्ण प्रसाद पौडेललाई सिफारिस गरेको थियो । जसलाई राष्ट्रपति कार्यालयले रोकेर राखेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप