शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के छ माओवादीको २१ औँ शताब्दीको जनवादमा ?

मङ्गलबार, ०८ फागुन २०७४, १२ : ०८
मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौं– नेकपा (एमाले) र माओवादी केन्द्र बीच पार्टी एकताबारे भएको ७ बुँदे प्रारम्भिक आधारपत्रमा एमालेको जनताको बहुदलिय जनवाद (जबज) र माओवादीको २१ औँ शताब्दीको जनवादलाई बहसको विषय बनाउने निर्णय भएको छ । 

दुई पार्टी बीच भएको सहमतिमा एमालेले अबलम्बन गर्दै आएको जबज र माओवादी केन्द्रले अबलम्बन गर्दै आएको २१औँ शताब्दीको जनवादसम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने उल्लेख छ । 

त्यसो भए के छ त २१औँ शताब्दीको जनवादमा ?


महान नेपाली जनयुद्ध आज रणनैतिक सन्तूलन र प्रत्याक्रमणको तयारीको विशिष्ट चरणमा छ । सैद्धान्तिकरुपले यो चरण आफैमा अत्यन्त जटील र संवेदनशिल चरण हुने गर्दछ । साम्राज्यवादको युगमा कुनै पनि देशको जनक्रान्तिले यो चरणसम्म विकास गरे पछि, त्यसले अनिवार्यरुपमा विश्व साम्राज्यवादसँग प्रत्यक्ष टक्कर लिन पुग्दछ । विकासको यो स्थितिले स्वतः सम्बन्धित जनक्रान्तिका अगाडि नितान्त नयाँ चूनौती र नयाँ संभावनालाई खडा गरिरहेको हुन्छ । त्यसमा पनि आज विशेष गरि विश्वमा एउटा पनि वास्तविक समाजवादी सत्ता नरहेको तथा ‘भूमण्डलीकरण’ र ‘उदारीकरण’, ‘सभ्यताको विस्तार’ र ‘आतंक विरोधी युद्ध’का नाममा अत्यन्त उदण्डतापूर्वक अमेरिकी साम्राज्यवादले विश्वलाई नै आफ्नो मुठ्ठीमा राख्न अगाडि बढिरहेको वर्तमान संदर्भमा नेपाली जनयुद्धको यो चरण र यसको भावी विकास अझ विशेषरुपले जटील र अझ विशेषरुपले महान हुने कुरा निश्चित छ ।

पार्टीको दास्रो राष्ट्रिय सम्मेलनको वैचारिक संश्लेषण तथा त्यसको प्रयोगको प्रक्रियासँगै जनयुद्धको विकासमा गुणात्मक प्रगति देखा प¥यो । २१औँ शताब्दीको सँघारमा देखा परेको जनयुद्धको गुण र मात्राको ब्यापकता सँगसँगै विश्व साम्राज्यवाद मुख्यतः अमेरिकी साम्राज्यवादले आफ्नो हस्तक्षेपकारी गतिविधिलाई तिव्रता दिन थाल्यो । दरवार हत्याकाण्ड मार्फत सर्वाधिक निरङ्कुश सामन्ती तत्वहरुलाई अगाडि बढाई महान जनयुद्धका विरुद्ध उनिहरुलाई सामाजिक, आर्थिक र राजनैतिक खुला सहयोगद्धारा साम्राज्यवादले नेपालमा आफ्नो दाह्रा, न¨्र्र्र्रा गाड्ने जमर्को गर्दै आएको छ । नेपालको भू—राजनैतिक स्थितिको रणनैतिक महत्व र जनयुद्धको विजयद्धारा पैदा हुने दुरगामी प्रभावलाई ठूलो चूनौतीकारुपमा बुझेर नै साम्राज्यवादीहरुले नेपालमा माओवादी आन्दोलनलाई सत्ता कब्जा गर्नबाट रोक्ने रणनीतिको घोषणा गरिरहेका छन् । ११ सेप्टेम्बरको घटनापछि तथाकथित आतंकवाद विरोधी युद्धका नाममा साम्राज्यवादको विरोध गर्ने उत्पीडित देश र जनताका विरुद्ध अत्यन्त क्रुर र जंगली युद्ध थोपर्दै आएको अमेरिकी साम्राज्यवादले अहिले नेपालमा भएको युद्धविराम र वार्ता प्रक्रियालाई समेत आफ्नो त्यहि रणनीतिको अंग र विजयकारुपमा प्रचार गर्नु तथा माओवादी आन्दोलनलाई समेत अन्तराष्ट्रिय आतंकवादको सूचीमा राख्नुले जनयुद्धको विकासको स्तर र यसका अगाडिका चूनौतीहरुलाई स्पष्ट गर्दछन् ।

आज विश्व जनमतको जर्बजस्त विरोधका बावजूद अत्याधुनिक सैन्य प्रविधिका बलमा इराक र इराकी जनतालाई तवाह पार्न ‘सफल’ भएको उदाहरण देखाएर अमेरिकी साम्राज्यवादले त्यो कथित सफलतालाई, विद्रोहको कुरा गर्ने विश्वका साना—ठूला सबै शक्तिहरुका लागि एउटा चेतावनी भएको अहंकारयुक्त घोषणा गरिरहेको छ । देशभित्र पुरानो सामन्ती सत्ता र प्रमुख संसदवादीहरुको राष्ट्रिय आत्मसमर्पणवादी चरित्र एवं साम्राज्यवादको उपरोक्त धम्किका सन्दर्भमा हामीले अत्यन्त गंभीरतापूर्वक पार्टीका रणनीति र कार्यनीतिहरुको विकास गर्न जरुरी छ ।

विश्व परिस्थितिबारे

शीतयुद्धको समाप्तीपछि साम्राज्यवादीहरुले गरेको ‘इतिहासको अन्त्य’ र ‘नयां विश्व व्यवस्थाको उदय’को दाबीलाई पूर्णतः झुट्टो बकवास साबित गर्दै आज विश्वका सबै आधारभूत अन्तरविरोधहरु तिव्र भएका छन् । साम्राज्यवाद र उत्पीडित राष्ट्र एवं जनताका बीचको विश्वको प्रमुख अन्तरविरोध मात्र विष्फोटक भएको छैन अपितू अन्तरसाम्राज्यवादी अन्तरविरोध पनि झन चर्केर गएको छ । पूर्व सोभियत संघको पतनपछि सिंगो भूमण्डलमा आफ्नो एकछत्र प्रभुत्व कायम गर्ने रणनीति अन्तर्गत अमेरिकी साम्राज्यवादको बढ्दो लूट, हस्तक्षेप र आतंक सँगै यो स्थितिको विकास भइरहेको छ ।

धर्तीको अत्याधिक मानवीय एवं प्राकृतिक संशाधनको शोषण, दोहन र लूटमा खडा भएको तथाकथित अमेरिकी सम्पन्नता र सभ्यातालाई आफैंले विश्वको आदर्श धरोहर घोषणा गर्दै साम्राज्यवादी धनकुबेरहरुको वुश मण्डलीले उसको विरोधमा आवाज उठाउने राष्ट्र, संगठन, आन्दोलन र जनसमुदाय जो कसैमाथि हमला गर्ने विशेष अधिकारको दाबी र प्रयोग गर्दै आएको छ । मानव जातीलाई नै ध्वंस गर्न सक्ने महाविनासकारी हतियारहरुको निर्माण गर्ने युद्ध उद्योगमा टिकेको अमेरिकी अर्थतन्त्रलाई धराशायी हुनबाट बचाउन यो वा त्यो बहानामा जनसमुदायमाथि युद्ध थोपर्नु साम्राज्यवादको एउटा मूल विशेषता बनिरहेकै छ ।

गत दशक देखिनै सामान्यतः समग्र साम्राज्यवादी अर्थतन्त्र एवं विशेषतः अमेरिकी अर्थतन्त्रमा गहिरो मन्दी छाएको छ । औद्योगिक पूँजीमाथि वित्तिय पूँजीको बर्चस्व कायम भएको र त्यस प्रकारको वित्तिय पूँजीमाथि ‘विश्व बैंक’, ‘अन्तराष्ट्रिय मुद्राकोष’ जस्ता संस्था मार्फत मुख्यतः अमेरिकी नियन्त्रण रहेको छ । वित्तिय पूँजीको दबदबा र त्यसको असीमित संकेन्द्रणले असमान आय वितरण, असमान विकास, वेरोजगारी एवं धनि र गरिबका बीचको खाडललाई पनि भयानकरुपले चर्काएर लग्यो । विज्ञान, प्रविधिको विकास र पूँजीको संकेन्द्रणले साम्राज्यवादी आर्थिक इकाईहरुको उत्पादन क्षमता त असिमितरुपले वृद्धि भइरहेको छ तर, विकास र वितरणको असमानताकाकारण मांग र बजार त्यहि अनुपातमा नबढेको मात्र होइन झन सीमित हुँदै गएको छ । साम्राज्यवादी अर्थ व्यवस्थाको यो वंशाणुगत नीयतीका कारण बजारका निमित्त साम्राज्यवादी गुटहरुका बीचमा टकराव हुन अनिवार्य हुन्छ ।

आज विश्व परिस्थितिमा एउटा ठूलो मोड र परिवर्तनलाई व्यक्त गरिरहेको इराक युद्धको पृष्ठभूमीले उक्त कुरालाई स्पष्ट गर्दछ । अन्तर्राष्ट्रिय भुक्तानको माध्यम डलर भएको हुनाले पाँच खरब भन्दा बढिको व्यापार घाटालाई अमेरिकाले मनपरी डलर छापेर पूर्ति गरिरहेको भयता पनि यदि झण्डै आधा अमेरिकन मुद्रामा नियन्त्रण गर्ने युरोप लगायतका अन्य साम्राज्यवादी देशहरुले डलरको सट्टा अन्य मुद्रा प्रयोग गर्ने वित्तिकै सस्तो ब्याजको ऋणमा टिकेको अमेरिकी घरेलु अर्थ व्यवस्था टाट पल्टिने निश्चित छ । वस्तूतः अमेरिकाका कैयौँ ठूल्ठूला कम्पनि र बैंकहरु टाट पल्टिंदै जानुका पछाडि यहि स्थितिले काम गरिरहेको छ । यता केहि समयदेखि विकास हुँदै गएको ‘यूरो’को अवस्थाले ‘डलर’को भविष्यलाई चूनौती दिँदै गएको छ । यसमा खास गरि सन् २००० देखि इराकले आफ्नो तेलको भुक्तान युरो मार्फत गर्न थालेको थियो । भेनेजुएलाले यो काम झन पहिलेदेखि गर्दै गएको थियो । अमेरिकन डलरको सट्टा कैयौँ सामाज्यवादी देशहरुले आफ्नो विदेशी मुद्रा भण्डारलाई विस्तारै युरोमा बदल्न थाले । 

कतिपय अमेरिकाकै नजिकका मानिने देशहरु समेत युरोलाई निश्चित हदसम्म भण्डार गर्न इच्छुक हुँदै गए । त्यसमा पनि गत सात वर्षदेखि तेल उत्पादक देशहरुले तेल सम्पदाको विकासकालागि कुनै पनि अमेरिकन कम्पनिलाई आमन्त्रित गर्न छोड्न थाले । यो समग्रस्थितिमा यदि तेलको विशाल विश्व व्यापारमा युरोको कब्जा भयो र डलर बाहिरीयो भने (जसको स्पष्ट संकेत देखा परि सकेको थियो) अमेरिकाको अर्थतन्त्र चौपट हुने र विश्वमा उसको एकछत्र दादागिरि नचल्ने निश्चित भयो । यसरि वस्तूतः ११ सेप्टेम्बरको घटना भन्दा पहिलै नै अमेरिकाको आर्थिक प्रभुत्वमा ठूलो खतरा उत्पन्न भइ सकेको थियो । त्यो अवस्थामा स्वंय नाटोका सदस्य देशहरु भित्रै अति उत्पादन र सिमित बजारको अन्तरविरोधको अनिवार्य अभिव्यक्तिकारुपमा आपसी टकराव देखा पर्नु स्वभाविक थियो । अमेरिकी साम्राज्यवादले अब आफ्नो आर्थिक प्रभुत्वकालागि एकमात्र अतिमहाशक्तिको दर्जा प्राप्त विशाल फौजी संयन्त्रसहित युद्ध छेड्नु बाहेक अर्को उपाय देख्न संभव थिएन ।

ठिक यहि पृष्ठभूमीमा ११ सेप्टेम्बरको घटना घट्यो । यो घटना वस्तूतः संकटग्रस्त बन्दै गएको अमेरिकी साम्राज्यवादी धनकुबेरको निमित्त युद्ध छेड्ने अत्यन्त ठूलो बहाना बन्न गयो । एक ध्रुवीय आर्थिक र सैनिक प्रभुत्वकालागि आफ्नो विशाल फौजी संयन्त्रसहित युद्धको बहाना खोज्न थालेका तेल व्यापारी बुश मण्डलीले तत्काल कथित आतंक विरोधी युद्धका नाममा दीर्घकालिन युद्धको घोषणा ग¥यो । आफ्नो प्रमुख रणनैतिक लक्ष्य तेल कब्जा गरि आफ्ना प्रतिस्प्रधिहरुलाई पाखा लगाउनु र विश्व अर्थतन्त्रमाथिको पकड मजबुत पार्नु भएता पनि तत्काल त्यसलाई आतंकविरोधी युद्धको नाम दिएर अफगानिस्तानमाथि हमलाबाट शुरु गरियो । जब यो प्रक्रिया अगाडि बढेर विश्वको दोस्रो ठूलो तेल भण्डार रहेको सार्वभौम राष्ट्र इराकमाथि कथित सामुहिक विनासका रासायनिक तथा जैविक हतियार रहेको र त्यसलाई नष्ट गर्ने आधारहिन आरोपमा हमलाको तयारी अमेरिकी र ब्रिटिश फौजबाट हुन थाल्यो तब विश्व परिस्थितिमा ठूलो उथल—पूथल र परिवर्तन देखा प¥यो र परिरहेको छ ।

युद्धको तयारीकै क्रममा मुख्यतः युरोप, अमेरिका लगायत विश्वभरि नै साम्राज्यवादी युद्धको विरोधमा अभूतपूर्व जन—प्रदर्शनको लहर देखा प¥यो । साम्राज्यवादीहरुका गढमानै युद्धलाई ‘मानवता विरुद्धको अपराध’ र ‘वुश–ब्लेयरहरुलाई २१औँ शताब्दीका हिटलरसँग’ तूलना गरेर भएको युद्ध विरोधी विशाल र भव्य जनप्रदर्शनहरुले विश्व क्रान्तिको नयाँ लहरका लागि वस्तुगतरुपले क्रान्तिकारी परिस्थितिलाईण् ठूलो मात्रामा तयार गरेको छ । यूरोप, अमेरिका र विश्वभरि विकास भएको जनसमुदायको युद्ध विरोधी एकता र पहलले तत्काल इराक युद्धलाई रोक्न सफल नभएता पनि यसले साम्राज्यवादका विरुद्ध जनशक्तिको विकल्प र भावी विद्रोहको सम्भावनाको बलियो आधार खडा गरेको छ । करौडौँ जनसमुदायको विश्वव्यापी विरोधका बावजूद छेडिएको युद्धले साम्राज्यवादीहरुको प्रजातन्त्रको नकाव च्यात्तिएर उनिहरुको असली सैन्य फासिवादी चरित्र एक पटक फेरी विश्वस्तरमा उदा¨ो भएको छ । इराक युद्धका सन्दर्भमा विकसित भएको विश्व परिस्थितिको यो एउटा अत्यन्त सकारात्मक पक्ष हो ।

इराक युद्धले अन्तर साम्राज्यवादी अन्तरविरोधलाई सतहमा मात्र ल्याएन काफिहदसम्म त्यसलाई चर्काएर लगेको छ । फ्रान्स, जर्मनी र रुस मुखरित भएर नै अमेरिका र ब्रिटेनको युद्ध नीतिका विरुद्ध देखा परे । फ्रान्सले राष्ट्र संघमा युद्धका विरुद्ध भीटो प्रयोग गर्न दिएको धम्की तथा अमेरिकाको ‘एक ध्रुवीय विश्व प्रभुत्व सै≈य नभएको’ घोषणाले अन्तर साम्राज्यवादी अन्तरविरोधको स्तरलाई व्यक्त गर्दछ । मुख्यतः आ—आफ्नो आर्थिक स्वार्थ र सहायकरुपमा सडकमा जनसमुदायको जवर्जस्त प्रदर्शनको दवाबका कारण यस किसिमको विरोध त्यो स्तरसम्म देखा परेको कुरा स्पष्ट नै छ । तर, आजको साम्राज्यवादी विश्व व्यवस्थालाई बचाइराख्न सक्ने एक मात्र तागत अमेरिका नै भएको तथ्यलाई राम्रोसँग बुझेका यी साम्राज्यवादीहरुको विरोधको स्वरमा अमेरिकासँग साँठगाँठ र दलालीको गन्ध पनि सजिलै महशुस गर्न सकिन्छ । यो कुरा राष्ट्रसंघको वकालत र युद्धको विरोध गर्दा गर्दै पनि यी देशहरुले त्यसलाई रोक्न कुनै ठोस कदम नचालेको मात्र होइन अप्रत्यक्ष रुपमा युद्धलाई सहयोग गर्ने तथा अमेरिकाले युद्ध हार्न भने हुँदैन भनेर गरेको प्रचारबाट स्पष्ट हुन्छ । जे भए पनि तेल र बजारका निमित्त साम्राज्यवादी प्रतिश्प्रधा बढ्दै गएको छ र इराक युद्धले त्यो अन्तरविरोधलाई झन तिब्र र गहिरो तुल्याएको छ । विश्व परिस्थितिमा विकास भएको यो अर्को महत्वपूर्ण परिवर्तन हो ।

शीत—युद्धको अन्तपछि अमेरिकाको एकछत्र प्रभुत्वलाई स्वीकार गरेर त्यसको आशिवार्द प्राप्त गर्न प्रतिस्प्रधा गरिरहेको तेस्रो विश्वका प्रतिक्रियावादी शासकहरु गत दशकको अनुभवबाट आफ्नो स्थिति झन कमजोर भइरहेको महशुस गरिरहेका थिए । अहिले तस्रो विश्वका सबै प्रतिकृयावादी शासकहरु एकातिर जनसमुदायको बढ्दो आक्रोश र विद्रोह तथा अर्कातिर विश्व साम्राज्यवादको दबाव, धम्कीको दोहोरो चेपमा रहेका छन् । राष्ट्र संघको अस्वीकृती, विश्व जनमतको व्यापक विरोध र तेस्रो विश्वका अधिकांश शासकहरुको अनुनय, विनयका वावजूद अमेरिका र ब्रिटिश साम्राज्यवादद्धारा एउटा सार्वभौम देश इराकमाथि गरिएको भीषण हमलाले झण्डै–झण्डै बिर्सिन लागेको असंलग्न आन्दोलनलाई स्मरण गर्न र सो आन्दोलन मार्फत युद्धको विरोध गर्न तेस्रो विश्वका शासकहरु बाध्य भएका छन् । तर, आफ्नो प्रतिकृयावादी चरित्रका कारण साम्राज्यवादका विरुद्ध उनिहरुले कुनै दृढ अडानलिन सकिरहेका छैनन् र लिन सक्ने कुरा पनि होइन । तेस्रो विश्वका कतिपय निरङ्कुश शासकहरु आफ्नो आयु र अस्तित्वका लागि ना¨ै साम्राज्यवादका दलाली गरिरहेका छन् भने, अन्य कतिपय आतंकित मानसिकता सहित सम्झौताको बाटो खोजिरहेका छन् । जे भए पनि अन्तर साम्राज्यवादी अन्तरविरोध चंर्कदै जानु र त्यहि अनुपातमा असंलग्न आन्दोलनले पूनर्जीवित हुने जमर्को गर्नुले विश्व स्थितिमा आइरहेको परिवर्तनलाई नै व्यक्त गर्दछ ।

इराक युद्धमा प्राप्त कथित फौजी सफलताबाट अमेरिकी साम्राज्यवादीहरुको विश्व प्रभुत्व कायम गर्ने अहंकार झन बढेर गएको छ । उनिहरुले त्यो ‘सफलता’लाई अमेरिकाका विरुद्ध आवाज उठाउने विश्वका साना ठूला सबै शक्तिका विरुद्ध एउटा चेतावनी भएको दम्मपूर्ण घोषणा गरेका छन् । पुरै अरब देशहरुमा आफ्ना अगाडि घुँडा टेक्न कठपूतली सरकार कायम गरि तेल मार्फत विश्व कब्जा गर्ने रणनीति अहिले सिरिया, इरान लगायतका देशहरुमाथि धम्किमा केन्द्रित गरिरहेका छन् ।

अफगानिस्तान र पाकिस्तानमा आफ्नो सैन्य संयन्त्रलाई बलियो तूल्यादै लगेको अमेरिकी साम्राज्यवादले दक्षिण एशियामा आफ्नो प्रभुत्व कस्दै लैजाने रणनीति अपनाएको छ । यस क्षेत्रका देशहरुमा विद्यमान प्रतिक्रियावादी सरकारहरुको आत्मसमर्पणवादी चरित्रका कारण त्यो रणनीतिमा उनिहरु सफल पनि हुँदै गएका छन् । कश्मीर विवादलाई हतियारकारुपमा प्रयोग गरि भारत र पाकिस्तानका शासकहरुलाई विरालोले मुसा खेलाएझैं खेलाउँदै आएको अमेरिकी साम्राज्यवादको अहिलेको ध्यान जनयुद्धको माध्यमबाट तिब्र गतिमा एकपछि अर्को सफलता हाशिल गर्दै गएको नेपाली जनताको महान जनवादी आन्दोलनलाई निस्तेज पार्ने प्रश्नमा केन्द्रीत भइरहेको छ ।

वैचारिक दृष्टिले २१औँ शताब्दिको अग्रगामी आन्दोलन भएको तथा नेपालको भ—रणनैतिक अवस्थिति (विशाल चिन र भारतका बीचमा हुनु)का कारण माओवादी आन्दोलनको सफलता विश्व साम्राज्यवादका विरुद्ध नयाँ विश्व क्रान्तिको झिल्को हुने तथा त्यसबाट विश्व साम्राज्यवादमा डढेलो लाग्ने कुरालाई बुझेर नै उनिहरुले नेपालमा विगत करिब ३ वर्षदेखि आफ्नो हस्तक्षेपकारी गतिविधिलाई बढाँउदै लगेका छन् । घोर प्रतिगामी सामन्ती निरङ्कुशवादी तत्वहरुलाई टिकाइराख्न जनयुद्धका विरुद्ध सामरिक, आर्थिक, भौतिक सहयोग बढाइरहेका छन् । युद्धविराम भएर औपचारिक वार्ताको संघारमा आइ पुग्दा अमेरिकी साम्राज्यवाद र नेपाली पुरानो सत्ताका बीचमा भएको कथित आतंकवादका विरुद्धको ५ वर्षे समझदारी (सन्धिले) र हालै नेपालको माओवादी आन्दोलनलाई समेत आतंकवादको सूचीमा राख्ने घोषणाले स्थितिको गम्भीरतालाई स्पष्ट गर्दछ । 

अहिलेको विश्व परिस्थितिको यो संक्षिप्त अवलोकनबाट मात्र पनि के कुरा स्पष्ट हुन्छ भने इतिहासका तमाम उतार–चढावका बावजूद साम्राज्यवादका आधारभूत विशेषता र बुसका लागि युद्धको अनिवार्यताबाट कमरेड लेनिनले गरेको विश्लेषण आज पनि उत्तिकै वैज्ञानिक र सान्दर्भिक रहेको छ । क्रान्तिद्धारा युद्धको विरोध बाहेक विश्व जनसमुदायका अगाडि अर्को विकल्प छँदै छैन् । इराक युद्धसम्मको स्थितिले २१ औँ शताब्दिमा विश्व क्रान्तिको नयाँ लहरका लागि वस्तूगत परिस्थितिलाई परिपक्क बनाउदै लगेको छ । मालेमाका आधारभूत सिद्धान्तका आधारमा साहसपूर्वक त्यो विश्व क्रान्तिको नेतृत्वका लागि आफैलाई तयार पार्ने महान ऐतिहासिक कार्यभार अन्तर्राष्ट्रिय सर्वहारा वर्गको काधमा आएको छ । जनयुद्ध वाहेक साम्राज्यवादलाई परास्त गर्ने अर्को कुनै फौजी रणनीति हुन सक्तैन ।

विश्व परिस्थिति र नेपाली क्रान्तिबारे

सूचना प्रविधिमा भएको अभूतपूर्व विकासले आजको विश्वलाई आश्चर्य जनकरुपमा साँघुरो पारि दिएको छ । साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको विकासले कुनै निश्चित देशमा जनक्रान्तिको सफलताका लागि अन्तर्राष्ट्रिय परिस्थितिको अनुकूलता वा प्रतिकूलताले रणनैतिक महत्वको भूमिका खेलिरहेको हुन्छ । त्यसमाथि २१औँ शताब्दिको विज्ञान र प्रविधिको विकासले एउटा देशमा क्रान्तिको सफलताका लागि अन्तर्राष्ट्रिय परिस्थितिको महत्व झन गुणात्मकरुपले बढ्न गएको छ । आजको स्थितिमा कुनै निश्चित देशको क्रान्तिका उतार—चढावहरु विश्व परिस्थितिमा आउने उतार—चढावसँग निरन्तर र अभिन्नरुपले गाँसिएका हुन्छन् । नेपाली क्रान्तिको विकासका ७ वर्षहरुले उपरोक्त वास्तविकतालाई राम्रोसँग अभिव्यक्त गर्दै आएको छ ।

विश्व साम्राज्यवाद, आजको अवस्थामा मुख्यतः अमेरिकी साम्राज्यवाद यदि पुरानो सामन्ती सत्ताको सहयोगमा प्रत्यक्ष अगाडि नआएको भए पार्टीको ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलनद्धारा संश्लेषित विचार, रणनीति र कार्यनीतिको प्रयोगद्धारा नेपाली क्रान्ति अहिलेको भन्दा केहि भिन्न र सापेक्षित सहजतापूर्वक अगाडि बढ्न संभव थियो । कुख्यात दरबार हत्याकाण्ड मार्फत सर्वाधिक क्रुर र निरङ्कुश सामन्ती तत्वहरुलाई नेपाली जनयुद्धका विरुद्ध खडा गराउनेदेखि ११ सेप्टेम्बर पछि कथित आतंकवादका विरुद्ध युद्धको घोषणासागै नेपालमा आफ्नो हस्तक्षेप बढाउनेसम्मका अमेरिकी साम्राज्यवादका क्रियाकलापले नेपाली क्रान्ति प्रभावित भएको छ । हामी यो कुरा स्पष्टसँग र पुरै अनुभवकासाथ भन्न सक्दछौँ कि विगत ‘संकटकाल’मा यदि पुरानो सामन्ती सत्ता र उसको शाही सेनालाई अमेरिकी सैन्य विशेषज्ञहरुको योजना, निर्माण, तालिम र निर्देशनमा प्रत्यक्ष सहभागिता नभएको भए तथा अमेरिका लगायत वैदेशिक प्रतिकृयावादी शक्तिहरुको आर्थिक र फौजी सहयोग प्राप्त नगरेको भए नेपालमा सडेगलेको सामन्ती सत्ता जनयुद्धका अगाडि आजसम्म टिक्न सम्भव थिएन । साम्राज्यवादको प्रत्यक्ष सहयोग र निर्देशनमा सामन्ती सत्ताले संकटकालका नाममा चलाएको भीषण सैनिक अत्याचार र आतंकका विरुद्ध विभिन्न मोर्चामा उसलाई पराजित गरेर वास्तविक अर्थको रणनैतिक सन्तूलनसम्म जनयुद्धको विकास हुनुले पार्टीको राजनैतिक एवं फौजी कार्यदिशाको महान विजयलाई नै प्रमाणित गर्दछ ।

‘शक्तिशाली प्रतिक्रान्तिलाई जन्म दिँदै’ र ‘असाधारण जटील स्थितिको सिर्जना गर्दै’ अगाडि बढ्नु माक्र्सवाद—लेनिनवाद—माओवादका अनुसार कुनै पनि क्रान्तिको नियम हो । नेपाली क्रान्तिको विकासको नियम त्यो भन्दा बाहिर हुन सक्तैन । आज नेपाली जनयुद्ध रणनैतिक सन्तूलनबाट प्रत्याक्रमणको तयारीको चरणमा रहेकाले साम्राज्यवादी शक्ति पनि यसका विरुद्ध अझ भीषण हमलाको तयारीमा रहेको कुरामा कुनै शंका छैन । नेपाली क्रान्तिका सम्पूर्ण जटीलता, संभावना र चूनौती यहि वस्तुगत स्थितिका अभिव्यक्तिहरु हुन् । सैद्धान्तिक र रणनैतिक दृष्टिले साम्राज्यवाद कमरेड माओले भने झैं कागजी बाघ नै हो । तर, तात्कालिन र कार्यनैतिक दृष्टिले उ मान्छे खांदै हिंड्ने साच्चैको बाघ पनि हो । 

इराक युद्धसम्म आइपुग्दा साम्राज्यवाद कागजको बाघ र सांच्चैको बाघ दुबै प्रमाणित भइरहेको छ । रणनैतिक दृष्टिले इराक युद्धमा साम्राज्यवाद विश्वभरिका जनसमुदायको विरोध, घृणा र आक्रोशको केन्द्र बनेकोले उ बागजी साबित भएको छ । तर, तात्कालिकरुपबाट उसले अफगानिस्तान र इराकका जनताको रगत पिइरहेको छ र विश्वभरिका जनतातिर आफ्नो रगत लतपत्तिएको मुख देखाएर गर्जिरहेको छ, त्यसरि उ साँच्चैको बाघ बनेको छ । इराक युद्धले विश्वभरिनै क्रान्तिकारी परिस्थितिलाई अझ परिपक्व अवश्य बनाएको छ, तै पनि तत्काल सर्वहारा वर्गको नेतृत्वमा क्रान्तिको लहर भने चालिरहेको छैन । तर, नेपालमा भने क्रान्तिको विकास प्रत्याक्रमणको तयारीको चरण जस्तो अत्यन्त संवेदनशिल चरणसम्म भइसकेको छ । विश्व परिस्थितिको यहि रणनैतिक अनुकूलता एवं तात्कालिक प्रतिकूलता र देश भित्रको रणनैतिक सन्तूलनको स्थितिमा नै पार्टीका आजका युद्धविराम, वार्ता, राजनैतिक विकासलगायतका कार्यनैतिक श्रृंखलाहरु आधारित रहेको यथार्थलाई बुझ्न जरुरी छ ।

चीनमा पूँजीवादको पूनस्थापनासँगै विश्वमा एउटा पनि समाजवादी सत्ता नरहेको, वस्तूगत परिस्थिति अनुकूल बन्दै गएको भएता पनि तत्काल सर्वहारा वर्गको नेतृत्वमा कुनै शक्तिशाली क्रान्तिकारी आन्दोलनको विकास भइनसकेको, विश्व साम्राज्यवाद घाइते बाघझैं उदण्ड भएर जताततै जनतामाथि झंम्टदैं हिंडेको आजको परिस्थितिमा नेपाल जस्तो सानो र विशिष्ट भू—राजनैतिक अवस्थाको देशमा क्रान्तिलाई केन्द्रीय सत्ता कब्जा गर्ने स्तरसम्म विजयी बनाउन संभव छ ? आज पार्टीका अगाडि उपस्थित भएको यो सर्वाधिक महतवपूर्ण प्रश्न हो । यो प्रश्नको समूचित माक्र्सवादी¬—लेनिनवादी—माओवादी उत्तरमा नै नेपाली क्रान्तिको भविष्य निर्धारित हुने छ ।

विचारधारात्मक र राजनैतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ । हिंजो शितयुद्धको अन्तपछि पश्चिममा साम्राज्यवादले वैचारिक र भौतिक दुबै अर्थमा ‘विजयउत्सव’ मनाइरहेको तथा पेरुको जनयुद्धले समेत गम्भीर धक्का खाएको अत्यन्त प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिमा पार्टीले जनयुद्धको ऐतिहासिक पहल गरेको तथ्य यहाँ स्मरणीय छ । देश भित्र र बाहिरका तमाम प्रतिकृयावादी एवं दक्षिणपन्थी संशोधनवादीहरुले जनयुद्धको यो पहललाई वस्तुगत परिस्थिति बिनाको ‘उग्रपन्थी भड्काव’ भन्दै केही महिना भित्रै सखाप हुने भविष्यवाणी गरेका थिए । तर, ती तमाम आरोप र भविष्यवाणीका विपरीत ७ वर्षमा जनयुद्ध आजको चूनौतीपूर्ण अवस्थासम्म विकास भएको छ । यो अद्धीतिय विकासका पछाडी पार्टीको सही विचार, नीति, योजना र कार्यक्रम रहेको कुरा स्वतः स्पष्ट छ ।

आज साम्राज्यवादी हस्तक्षेप र राष्ट्रिय आत्मसमर्पणवादको सामना गर्दै क्रान्तिलाई विजयसम्म डो¥याउने जुन चूनौती खडा भएको छ । अन्ततः यो पनि सहि विचारधारात्मक र राजनैतिक कार्यदिशाको विकास गर्ने चुनौती नै हो । ठोस वस्तूको ठोस विश्लेषणका आधारमा यदि पार्टीले नयाँ परिस्थितिका लागि वैचारिक र राजनैतिक कार्यदिशाको विकास गर्न असफल भएर, जडसुत्रवाद वा अनुभववादको शिकार भयो भने क्रान्तिलाई विजयसम्म डो¥याउन असंभव हुनेछ । अहिलेको विश्व परिस्थितिबाट क्रान्तिकारी आन्दोलनमा देखा पर्न सक्ने तीन प्रकारका विचलनकाबारे यहाँ चर्चा गर्न आवश्यक छ ।

दुश्मनको शक्तिलाई अधिमूल्याङ्कन र जनताको शक्तिलाई अवमूल्यन गर्ने दक्षिणपन्थी आत्मसमर्पणवादी विचलन आजको सन्दर्भमा क्रान्तिकारी आन्दोलनभित्र देखा पर्न सक्ने पहिलो र मुख्य खतरा रहेको कुरामा पार्टी स्पष्ट हुन आवश्यक छ । यस प्रकारको विचलनले युद्धविरामलाई निरपेक्ष शान्तिको अर्थमा ग्रहण गर्ने, वार्ता प्रक्रियालाई दुश्मनका विरुद्ध संघर्षको अर्को मोर्चाकारुपमा नलिएर जसरी पनि सम्झौता गर्ने अर्थमा ग्रहण गर्ने, जनसेनाको सुदृढीकरण र जनसमुदायलाई गोलबन्द गर्ने प्रमुख र कष्टसाध्य काम प्रति अरुची र दुश्मनका विभिन्न गुटहरुसँगको कुटनैतिक सहकार्य र त्यसको परिणामप्रति अनावश्यक आशावादीता प्रकट गर्ने, विश्व परिस्थिति र त्यसको दबावलाई देखाएर पार्टीका रणनैतिक लक्ष्यलाई कार्यनैतिक सिर्जनशिलताका नाममा परित्याग गर्न उद्धत रहने, विचार र नेतृत्वको विकासमा भन्दा यथास्थितिमा चक्कर काट्न रमाउने, युद्धविराम भंग गरेर क्रान्तिलाई अगाडि बढाउनुलाई आत्मघात सम्झने आदि जस्ता विविधरुपमा अभिव्यक्त हुन सक्दछ ।
उपरोक्त विचलनको ठीक विपरित अर्को विचलन दुश्मनको शक्तिलाई अवमूल्यन र जनताको शक्तिलाई अधिमूल्याङ्कन गर्ने ‘वामपंथी‘ दुश्साहसवादी विचलनकारुपमा देखा पर्न सक्दछ । यस प्रकारको विचलनले युद्धविराम र वार्ता प्रक्रियालाई अनावश्यक र औचित्यहिन कसरत देख्ने, रणनैतिक लक्ष्यप्रति दृढताका नाममा क्रान्तिको विकासले पैदा गरेका जटीलताहरुको सामना गर्न आवश्यक कार्यनैतिक धुमधुमाउलाई अस्वीकार गर्ने, दुश्मनका बीचको अन्तरविरोधको पहिचान र परिचालनलाई अवसरवाद देख्ने तथा सिधै अगाडि बढेर मात्र क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने एकोहोरो सोच राख्ने, पार्टीका विचार, नीति, योजना र कार्यक्रमलाई निरन्तर विकास गर्नु पर्ने कष्ट साध्य कामकारुपमा भन्दा पूर्व संश्लेषित विचार, नीति, योजना र कार्यक्रमलाई पूर्णताको जड अर्थमा ग्रहण गर्ने आदि जस्ता विविधरुपमा अभिव्यक्त हुन सक्दछ ।
पार्टीले उपरोक्त दुई परस्पर विपरित देखिने विचलनका साथै अर्को विचलन अकर्मण्यतावाद र पदलायनवादका रुपमा पनि देखा पर्न सक्दछ । यो प्रकारको विचलनले दक्षिणपन्थी, वामपन्थी र क्रान्तिकारी कुनै पनि दिशामा आफूलाई दृढतापूर्वकमा उब्याउन सक्तैन । अन्ततः पलायनवाद यसको गन्तव्य हुन पुग्दछ । पार्टी यस प्रकारका विचलनका विरुद्ध मालेमा र प्रचण्ड—पथका आधारमा निरन्तर विचारधारात्मक संघर्ष अगाडि बढाउन जोड दिन्छ । रणनैतिक, दृढता र कार्यनैतिक लचकताको पार्टीको स्थापित विचारलाई नयाँ परिस्थितिको मांग अनुसार अर्को नयाँ उचाईमा उठाउन आवश्यक ठान्दछ । नेपाली जनयुद्धको विजय न दक्षिणपन्थी आत्मसमर्पणहरुले सोच्ने जस्तो असम्भव छ, न वामपन्थी दुश्साहसवादीहरु सोचे जस्तो सिधा र सरल नै हुनेछ ।

अफगानिस्तान र मुख्यतः इराक युद्धपछि निश्चितरुपले विश्व साम्राज्यवादका साथै युद्ध विरोधि विश्व जनमत (कम्युनिष्ट क्रान्तिकारीहरु समेत)को आँखा नेपालमा विशेषरुपले केन्द्रीत हुँदै गएको छ र भावी दिनमा अझ केन्द्रीत हुँदै जानेछ । तेस्रो विश्वका कुनै पनि धार्मिक कट्टरतावादी शासक वा गुट वा प्रतिकृयावादी तानाशाहहरुले साम्राज्यावादी सैन्य हस्तक्षेपका विरुद्ध वास्तविक प्रतिरोध गर्न नसक्ने तथ्य इराक युद्धसम्म आउँदा अझ स्पष्ट भइ सकेको छ । यसका पछाडि तीन प्रमुख कारण रहेको कुरामा हामी स्पष्ट हुनु पर्दछ । पहिलो, त्यस प्रकारका प्रतिकृयावादी शासकहरु आफ्नै जनसमुदायबाट अलग—थलग रहेका हुन्छन् र प्रतिरोध युद्धमा जनसमुदायको सक्रिय पहलकदमीको असीमित उर्जालाई संगठीत गर्न असफल हुन्छन् । दोस्रो, त्यस प्रकारका शासकहरुले प्रयोग गर्ने युद्धशैली साम्राज्यवादी युद्धशैली नै हुने गर्दछ जुन शैलीमा अतिमहाशक्ति साम्राज्यवाद हजारौं गुणा बलियो हुने भएकोले तेस्रो विश्वका शासक वा धार्मिक कट्टरवादी गुटहरु युद्धमा लामो समय टिक्न सम्भव नै हुँदैन । तेस्रो, साम्राज्यवादी युद्धको विरोधमा रहँदा रहँदै पनि त्यस प्रकारका प्रतिकृयावादी शासक वा धार्मिक कट्टरतावादी गुटका पक्षमा विश्व जनमत पुरै शक्तिकासाथ र निरन्तर आन्दोलित हुन असम्भव हुन्छ ।

निश्चित छ कि नेपाली जनयुद्धका सन्दर्भमा त्यस प्रकारकोस्थिति आधारभूतरुपले नै फरक हुनेछ । मालेमाका सार्वभौम सिद्धान्त र इतिहासका अनुभवद्धारा अकाट्यरुपमा प्रमाणित तथ्य हो कि साम्राज्यवादका विरुद्ध जनयुद्धको विधिद्धारा मात्र सफलता हाशिल गर्न सम्भव छ । आज विश्व जनमत साम्राज्यवादका विरुद्ध पुनः आन्दोलित भइरहेको सन्दर्भमा नेपाली जनयुद्धले विश्व क्रान्तिको नयाँ लहर सृष्टि गर्ने विश्व ऐतिहासिक महत्वको भूमिका खेल्न सक्ने सम्भावना प्रवल बन्दै गइरहेको छ । यदि नेपाली जनयुद्धले दक्षिणपन्थी आत्मसमर्पणवाद वा वामपन्थी दुस्साहसवादको शिकार भएर यो वा त्यो रुपमा धक्का खान पुगेमा त्यसले विश्व क्रान्तिको विकासमा नै ठूलो नकारात्मक भूमिका खेल्नेछ । ७ वर्षको जवरर्जस्त विजय अभियान र रणनैतिक सन्तूलनको आजको अवस्थाका कारण साम्राज्यवादी दुश्मन जनयुद्धका विरुद्ध नयाँ–नयाँ रणनीति अपनाउन वाध्य भइरहेका छन् । इन्डोनेशिया, चीली, भीयतनाम, निकारागुआ र पछिल्लो पेरुको अनुभव समेतलाई दृष्टिगत गरि साम्राज्यवादले नेपाली जनयुद्धलाई सखाप पार्ने खुला र छद्म रणनीतिको विकास गर्ने जमर्को गरिरहेको छ । ती मध्ये सबै भन्दा प्रभावकारी उपायकारुपमा आतंकवादको आरोप स्थापित गरि भीषण फौजी हमलाको तयारी गर्नु नै रहेको छ । यो स्थितिमा नेपाली जनयुद्धको भावी विकास त्यति सहज र सरल भने अवश्य हुने छैन । तर, सही रणनीति र कार्यनीतिका आधारमा अगाडि बढ्दै जाँदा यसले विश्व जनमतलाई आन्दोलित गर्दै र साम्राज्यवादलाई थकाउँदै क्रान्तिलाई विजयसम्म डो¥याउन पुरै सम्भव छ । यसका लागि निश्चय नै पार्टीले कार्यनीतिमा थुप्रै फेरबदल, घुम्ती र उतार चढावहरु पार गर्नु पर्नेछ । यहाँ मुख्य प्रश्न २१ औँ शताब्दिको क्रान्तिको झण्डालाई झुक्न नदिने रणनैतिक प्रतिबद्धतामा दृढ रहने हो । अमेरिकी साम्राज्यवादीको विपरित र वैकल्पिक ध्रुवको रुपमा जनयुद्धको रणनीतिलाई स्थापित गर्नु र त्यसका लागि ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै आवश्यकता अनुसार अघि, पछि र दायाँ–बायाँ हुँदै अगाडि बढ्न जरुरी पर्दछ, यस सन्दर्भमा पार्टीले निम्न कुराहरुमा विशेष ध्यान दिन आवश्यक छ ।
सर्वहारा अन्तर्राष्ट्रियतावादको महान सिद्धान्त प्रति दृढ रहँदै विश्व सर्वहारा वर्गसँग पार्टीको सम्बन्धलाई अझ ठोस र व्यापक बनाउन जोड गर्न आवश्यक छ । साम्राज्यवादका विरुद्धको लडाईमा अन्तर्राष्ट्रिय सर्वहारा वर्गको सामुहिक प्रयत्न बिना कुनै खास देशको क्रान्तिको विजय विशेषरुपले असम्भव भएको आजको विश्वमा पार्टीले त्यसका लागि रिम मार्फत विश्वभरिका सर्वहारावादी क्रान्तिकारीसँगको सम्बन्धलाई सजीब र आन्दोलनयुक्त तूल्याउन अझ पहल बढाउन आवश्यक छ । अन्तर्राष्ट्रिय सर्वहारावर्गसँगको सम्बन्ध र उसको सामूहिक प्रयत्नमा संगठित र आन्दोलितरुप दिने कुरालाई पार्टीले पहिलो प्राथमिकता दिन आवश्यक छ ।
साम्राज्यवादका विरुद्ध विश्वव्यापिरुपमा विकसित हुँदै गएको जनमतसँग नेपाली क्रान्तिलाई जोड्ने प्रश्न पार्टीका अगाडि उपस्थित महत्वपूर्ण प्रश्न हो । पार्टीको अहिलेसम्मको गतिविधिले साम्राज्यवाद विरोधि विश्व जनमतसँग नेपाली क्रान्तिलाई जोड्नकालागि राम्रो वैचारिक र राजनैतिक आधार अवश्य तयार भएको छ । पार्टी र अन्तर्राष्ट्रिय सर्वहारा वर्गको सामुहिक र योजनाबद्ध पहल सहित त्यो सम्बन्धलाई सजीब, संगठित र आन्दोलनयुक्त तूल्याउन जोड दिनु आवश्यक छ ।

उपरोक्त दुई मुलभूत सम्बन्धलाई विकसित गर्ने प्रयाससँगै अमेरिकी साम्राज्यवादसँग अन्तरविरोध राख्ने अन्य विभिन्न साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरुलाई उपयोग गर्ने प्रयत्न बढाउनु पर्दछ । यहाँ स्पष्ट हुनु सर्वहारा वर्ग र साम्राज्यवाद विरोधि विश्व जनमतसँगको सम्बन्धलाई प्राथमिकतासहित मजबूत तूल्याउने प्रयत्नको विकासको सापेक्षेतामा नै अन्तर साम्राज्यवादी र अन्तर प्रतिकृयावादी अन्तरविरोधलाई उपयोग गर्ने पार्टीको क्षमतामा वृद्धि हुनेछ ।
यसरी मात्र हामीले विश्व क्रान्तिलाई सेवा गर्ने तथा नेपाली क्रान्तिलाई डो¥याउने आफ्नो ऐतिहासिक दायित्वलाई पुरा गर्न सक्नेछौँ ।

वर्तमान घरेलु परिस्थितिबारे

देशको वर्तमान राजनैतिकस्थिति संक्रमणकालिन संकटको अवस्थाबाट गुज्रिरहेको छ । गृहयुद्धमा रणनैतिक सन्तुलनको विशेष अवस्था, जनसमुदायको शान्तिको आकांक्ष्ाँ र वैदेशिक शक्तिकेन्द्रहरुको बढ्दो चलखेल र हस्तक्षेपसमेतलाई विचार गरि हाम्रो पार्टीले अत्यन्त गम्भीरता, जिम्मेवारी र लचकतापूर्वक युद्धविराम र वार्ता प्रक्रियामा समावेश भई शान्तिपूर्ण ढंगले अग्रगामी राजनैतिक निकासका लागि प्रयत्न गर्दै आएको छ । जनता र जनयुद्धको व्यापक दबावका कारण अन्तर्राष्ट्रिय शक्तिकेन्द्र एवं उनका नेपाली दलालहरुले औपचारिकरुपमा युद्धविराम र वार्ता प्रक्रियालाई स्वागत गरेको देखाए पनि वास्तविक अर्थमा युद्धविरामको घोषणासँगै यसका विरुद्ध षडयन्त्रको पनि शुरुवात गरियो । युद्धविरामको घोषणा देखिनै शाही सेना समेत पुरानो सत्तापक्षद्धारा गरिएका दमन, धरपकड र हत्या प्रक्रियालाई जारी राख्दै अगाडि बढाइरहेको सैन्य सुदृढीकरणको अभियान तथा विभिन्न प्रतिकृयावादी संसदीय गुटहरुद्धारा गरिएको तथा कथित माओवादी र दरवारका बीचको गोप्य सांठगांठको सूनियोजित प्रचारवाजीले त्यसप्रकारको षडयन्त्रलाई स्पष्ट संकेत गरिरहेको थियो । 

हाम्रो पार्टीले प्रारम्भ देखिनै सबै प्रकारका षडयन्त्रहरुको भण्डाफोर गर्दै देश र जनताको आवश्यकता र आकंक्षा अनुसार युद्धविराम र वार्तालाई सफल पार्न जोड दिँदै आएको  छ । यस सन्दर्भमा हाम्रो इमान्दारी, गम्भीरता र जिम्मेवारीवोध वार्ताटोलीको गठनदेखि साहसपूर्वक र सार्वजनिकरुपले गरिएका विभिन्न राजनैतिक शक्ति, वौद्धिक व्यक्तित्व, पत्रकार एवं जनसमुदायसँगको गहन छलफल, अन्तरक्रियाद्धारा मात्र होइन सत्तापक्षसँगका औपचारिक वार्तामा हामीले प्रस्तुत गरेका कार्यसूची र अडानहरुले समेत राम्रोसँग प्रमाणित गरेका छन् ।

तर, हाम्रो राजनैतिक आचरण र शान्तिपूर्ण राजनैतिक निकास प्रतिको हाम्रो प्रतिबद्धता प्रति ग्रामिण मात्र होइन सहरीया मध्यमवर्गिय जनसमुदाय समेत जति व्यापकरुपले स्पष्ट र आकर्षित हुँदै गएकोस्थिति देखा पर्न थाल्यो, त्यत्तिनै मात्रामा वैदेशिक प्रतिक्रियावाद र उनका नेपाली दलालहरुको षडयन्त्रको मात्रा पनि बढ्दै गएको तथ्य स्पष्ट देख्न सकिन्छ । औपचारिक वार्ताकै मुखमा आएर अमेरिकी साम्राज्यवाद र पुरानो सत्ताका बीचमा भएको तथाकथित आतंकवादका विरुद्धको पाँच वर्षे समझदारी, भारतीय स्थल सेनाध्यक्षद्धारा ‘आतंकवादक विरुद्ध’ लड्न पुरानो सत्तालाई दिइएको र दिइने ३०० करोड मूल्य बराबरको युद्धसामग्रीको सार्वजनिक घोषणा तथा पछिल्लो चरणमा अमेरिकी विदेश मन्त्रालयद्धारा माओवादी आन्दोलनलाई अन्तर्राष्ट्रिय आतंकवादको सूचीमा राख्ने सार्वजनिक घोषणा, नेपालस्थित अमेरिकी राजदूतद्धारा खुलेआम दिइने गरेको धम्की, शाही सेनाका क्रियाकलाप र सार्वजनिक अभिव्यक्तिहरु तथा प्रमुख संसदवादी दलहरुका भ्रामक प्रचारवाजीहरुले त्यो कुरालाई पुरै स्पष्ट गर्दछन् ।

युद्धविरामदेखि अहिलेसम्मको राजनैतिक विकासक्रमले स्पष्ट गरेको छ कि गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभा मार्फत अग्रगामी राजनैतिक निकास खोज्ने हाम्रो न्यूनतम र सर्वमान्य हुनुपर्ने प्रस्तावलाई निरंकुश राजतन्त्रको सपना देख्ने दरवारीया तत्वहरुलेमात्र होइन संसदीय प्रजातन्त्रको राग अलाप्ने प्रमुख संसदवादी गुटहरुले समेत अस्वीकार गरिरहेका छन् । वस्तूतः यो अस्वीकृतिले उनिहरु देशमा न वास्तविक अर्थको शान्ति, न वास्तविक राजनैतिक निकास नै चाहान्छन् भन्ने कुरामात्र प्रमाणित भइरहेको छ । रुपपक्षमा हेर्दा निरंकुश राजतन्त्रवादी, संसदवादी र क्रान्तिकारी शक्तिका बीचमा त्रिकोणात्मक संघर्ष चलेको देखिने राजनैतिक परिदृश्यको वर्गिय सारतत्वमा गएर हेर्दा दुई पक्ष (प्रतिकृयावादी र जनवादी वा प्रजातान्त्रिक शक्ति)का बीचको संघर्षमात्र देखा पर्दछ । निरंकुश राजतन्त्रवादी एंव संसदवादी गुटका बीचको अन्तर प्रतिकृयावादी पुरानो सत्तामा अंशवण्डाको झगडा बाहेक अरु केहि नभएको कुरा व्यवहारतः प्रमाणित भइरहेको छ । दरवारीयाहरु राष्ट्रियता (नक्कली) र संसदवादीहरु प्रजातन्त्र (नक्कली)को नाममा सत्तामा बसेर देश र जनतामाथि एउटै वर्गिय प्रकृतिको घात गर्न चाहान्छन् भन्ने कुरा नेपालमा पटक पटक प्रमाणित भइरहेको छ । देशको वर्तमान संकटपूर्णस्थिति र हाम्रो गम्भीर पहलका बावजूद संविधानसभा जस्तो वुर्जुवा प्रजातान्त्रिक विधिमा आउन इन्कार गर्नुले उनिहरुको राष्ट्रियता र प्रजातन्त्रको नारा कति खोक्रो र पाखण्डी छ भन्ने कुरा एक पटक फेरी व्यापकरुपमा प्रमाणित भएको छ । यसबाट राष्ट्रियता र प्रजातन्त्र बुर्जुवा जनवादी क्रान्तिका एक अर्काबाट अलग गर्ने नसकिने अवयव हुन् भन्ने हाम्रो नीतिको वैज्ञानिकता झन स्पष्ट भएको छ ।

वर्गिय र सैद्धान्तिकरुपले हामीले भन्दै आएको तथा अहिलेको युद्धविराम र वार्ता प्रक्रियाका सन्दर्भमा विशेषरुपले कुन कुरा उदा¨ो भएको छ भने यथार्थमा नेपालका विभिन्न प्रतिकृयावादी गुटहरुका बीचको आपसी खिचातानी, कचि¨ल र अन्तरविरोधका पछाडि विभिन्न अन्तर्राष्ट्रिय प्रतिकृयावादी शक्ति केन्द्रहरुको आपसी स्वार्थको टक्करले काम गरिरहेको छ । शाही सेना र दरवारीया तत्वहरुलाई पश्चिमा साम्राज्यवाद मुख्यतः अमेरिकी साम्राज्यवाद र प्रमुख संसदवादी गुटहरुलाई दक्षिण एशियामा आफ्नो विशेष प्रभुत्व खोज्ने भारतीय शासकहरुले सञ्चालन र संरक्षण गरिरहेकाले उनिहरुका बीचमा निरन्तर खिचातानी चलिरहने गरेको छ । अतः सिंगो पार्टी अझ स्पष्ट हुन जरुरी छ कि दरवारीया र नेपालका संसदवादीहरु कसैलाई पनि एक अर्काका तूलनामा प्रजातान्त्रिक वा राष्ट्रवादी देख्ने सोच दरवार हत्याकाण्ड पछिको राजनैतिक विकासका सन्दर्भमा अझ विशेषरुपले गलत र हानिकारक हुन पुगेको छ । 

कुन खास स्थितिमा अन्तरविरोधलाई कुन किसिमले सञ्चालन गर्ने भन्ने बाहेक दरवारीया र संसदवादी गुटहरुका सन्दर्भमा हाम्रो कुनै सैद्धान्तिक र राजनैतिक सम्बन्ध हुन नसक्ने कुरा आजको नेपालमा झन स्पष्ट भइरहेको छ । घटनाक्रमले स्पष्ट गरिरहेको छ कि दरवारीयाहरु शान्तिवार्ताका नाममा हामीलाई उपयोग गरि आफ्नो सत्ता सुदृढ गर्ने र अमेरिकी साम्राज्यवादको आडमा हाम्रो आन्दोलनलाई सखाप पार्ने रणनीति अन्तर्गत नै अगाडि बढिरहेका छन् भने प्रमुख संसदवादी गुटहरु प्रतिगमनका विरुद्ध संघर्षका नाममा हामीलाई उपयोग गरि पुरानै सत्ताको कुर्सिमा पुगेर वैदेशिक प्रतिकृयावादकै आडमा हाम्रै आन्दोलनलाई सखाप पार्ने रणनीति अन्तर्गत अगाडि बढिरहेका छन् । यो स्थितिमा उनिहरुको रणनैतिक षडयन्त्रको झण्डाफोर गर्दै जनसमुदायलाई व्यापकरुपमा गोलबन्द गर्नु तथा प्रतिकृयावादीहरुका बीचको अन्तरविरोधलाई उपयोग गर्दै जनक्रान्तिलाई नयाँ उचाईमा उठाउन जोड गर्नु बाहेक क्रान्तिकारीहरुको अर्को रणनीति हुनै सक्तैन ।

के अन्तर्राष्ट्रिय शक्ति एवं देशका प्रतिकृयावादी तत्वहरुको यस प्रकारको षडयन्त्रपूर्ण रवैयाले युद्धविराम, वार्ता र शान्तिपूर्ण राजनैतिक निकासप्रतिको हाम्रो गम्भीर र जिम्मेवारीपूर्ण पहलकदमीको औचित्यलाई समाप्त गर्दछ ? कतिपय मानिसहरुलाई त्यस्तो लाग्न पनि सक्दछ । तर, वास्तविक र वैज्ञानिक अर्थमा दुश्मनका यी षडयन्त्रहरुले हाम्रो यो पहलको औचित्यलाई झन व्यापकरुपले प्रमाणित गर्दछन् । सर्वप्रथमः हाम्रो यो पहलले ग्रामीणमात्र, शहरीया जनसमुदाय र देशभित्रमात्र होइन उल्लेखनिय हदसम्म विश्वभरिका जनसमुदायसम्म हाम्रो आन्दोलनको राजनैतिक श्रेष्ठता स्थापित गर्न साम्राज्यवाद एवं उसका दलालहरुको सैन्य फाशिवादी निकृष्टतालाई न¨याउन महत्वपूर्ण भ्ुमिका खेलेको छ । अझ ठोस रुपमा भन्नुु पर्दा वार्ता र राजनैतिक निकासको गंभीर पहल भईरहेको बेला अमेरिकी साम्राज्यवादद्धारा गरिएको युद्ध उन्मादि र अन्यायपूर्ण हस्तक्षेपले शहरिया बौद्धिक समुदायदेखि आम जनतासम्म र विश्व भरिका प्रगतिशिल जनसमुदायको नजरबाट समेत एकै चोटी अमेरिकी साम्राज्यवाद र उसका नेपाली दलालहरु नराम्रो संग गिर्न पुगेका छन । यसले भावि प्रत्याक्रमणका लागि ठूलो राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनैतिक तयारीको भुमिका खेल्ने कुरालाई हामीले गम्भीरतापूर्वक आत्मसात गर्नुपर्दछ । दोस्रो कुरा, हाम्रो यो पहल र अमेरिकी साम्राज्यवाद को नां¨ो हस्तक्षेपले पार्टीका अगाडि अन्तरसाम्राज्यवादी एवं विभिन्न देशका प्रतिक्रियावादी शासकहरुका बीचको अन्तरविरोधलाई उपयोग गर्ने संभावनालाई धेरै हदसम्म बढाइदिएको छ । तेस्रो कुरा, हाम्रो पहल र दुश्मनको नां¨ो षडयन्त्रले देशका विभिन्न प्रतिक्रियावादी एवं संसोधनवादी गुटहरु भित्र आपसी अन्तरविरोधलाई व्यापक रुपले चर्काएर सतहमा ल्याउने काम गरेको छ । यस बाट प्रतिक्रियावादी एवं संशोेधनवादी गुटहरुको भ्रममा रहेका कार्यकर्ता र जनताको तप्कालाई स्पष्ट पार्न राम्रो अवसर प्राप्त भईरहेको छ । वार्ता पनि एउटा संर्घषको मोर्चा हो भन्ने पार्टीको मुल सैद्धान्तिक मान्यता अनुसार हामीले यसलाई अन्तसम्म र एउटा तार्किक निष्कर्षसम्म पु¥याउन जोड गर्नु पर्दछ । तर, यो कार्यनीति प्रत्याक्रमणको राजनैतिक तयारीको रणनीतिक सँग अभिन्न रुपले गासिएको यथार्थलाई हामीले दह्रोसँग पक्डनै पर्दछ । अन्तमा रणनैतिक र वर्गिय दृष्टिले दरवारिया एवं प्रमुख संसदवादी नेतृत्वगुटहरुका बारेमा उपरोक्त विश्लेषणमा स्पष्ट हुँदै तात्कालिक र कार्यनैतिक दृष्टिले अमेरिकी साम्राज्यवाद र उसको नेपाली दलाल बनेको दरवारका विरुद्ध जहाँसम्म अगाडि जान तयार हुन्छन् त्यहाँसम्म अन्य साम्राज्यवादी, वैदेशिक प्रतिकृयावादी एवं देश भित्रका प्रमुख संसदवादीहरुसँग आवश्यक तालमेल, समझदारी र कार्यगत एकता गर्न ध्यान दिनु पर्दछ । यसरि नै हामीले मुख्य दुश्मनका विरुद्ध आक्रमणलाई प्रभावकारीढंगले अगाडि बढाउन सक्ने छौं ।


इतिहासका अनुभव र २१औँ शताब्दिमा जनवादको विकासबारे

"Marxism is not a lifeless dogma, not a completed, readymade immutable doctrine, but a living guide to action" -Lenin

क्रान्ति र प्रतिक्रान्तिका प्रचुर अनुभवहरुद्धारा सम्वृद्ध विश्व सर्वहारा आन्दोलनको वैज्ञानिक संस्लेषण गर्दै निरन्तर क्रान्तिको दिशामा अगाडि बढ्नु माक्र्सवाद–लेनिनवाद–माओवादका शिक्षाको मूलभुत सारतत्व हो । हाम्रो पार्टीले नेपालमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिलाई नेतृत्व प्रदान गर्ने सन्दर्भमा प्रारम्भदेखि नै मालेमाका शिक्षालाई जडसुत्रका रुपमा होइन ‘कामको सजीव मार्ग दर्शक’ कारुपमा सिर्जनात्मक प्रयोग र विकास गर्ने कुरामा जोड दिँदै आएको छ । नेपाली क्रान्तिको ठोस परिस्थिति अनुसार मा.ले.मा का शिक्षाहरुको प्रयोग र विकास गर्ने योे महान प्रक्रियामा हामीले दक्षिणपन्थी संसोधनवादका साथै जडसुत्रीय संसोधनवादका विरुद्ध समेत निरन्तर संघर्ष गर्दै आएका छौँ । वर्ग संघर्षको आवश्यकतासँग अभिन्नरुपले गासिएको विचारधारात्मक संघर्षको प्रक्रियाले महान जनयुद्धको विकासलाई एकपछि अर्को छला¨ हान्दै ७ वर्षको अवधिमा विकासको आजको चरणसम्म ल्याई पु¥याएको छ । वर्ग संघर्ष र विचारधारात्मक संघर्षको यहि विकास प्रक्रियाले नै नेपाली क्रान्तिको विशिष्ट विचार श्रृंङखलाकारुपमा ‘प्रचण्ड–पथ’को आविष्कार भएको संश्लेषण पार्टीले गरिसकेको छ ।

यहाँ कुन कुरा विशेषरुपले महत्वपूर्ण छ भने पार्टीले आफ्नो सैद्धान्तिक र व्यवहारिक संघर्षको प्रस्थान बिन्दु, सर्वहारा क्रान्तिको विज्ञानको सर्वोच्च संश्लेषणकारुपमा माक्र्सवाद–लेनिनवाद–माओवादको विकास गर्ने, महान सर्वहारा सांस्कृतिक क्रान्तिलाई बनाउंदै आएको छ । यसको अर्थ प्रतिक्रान्तिलाई रोक्ने सैद्धान्तिक आधारकारुपमा सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिलाई आत्मसात गर्नु तथा पार्टीको निरन्तर सर्वहाराकरणका निमित्त ‘तीन गर र तीन नगर’को सैद्धान्तिक मान्यताका आधारमा वैचारिक संघर्षलाई अगाडि बढाउनु हो । यी मूलभुत सैद्धान्तिक मान्यताबाट कुनै पनि विचलन, सर्वहारा आन्दोलनबाट विचलन हुने कुरामा हाम्रो पार्टी दृढ रहँदै आएको छ । तर, यसको अर्थ २१औं शताब्दिको क्रान्तिका आवश्यकताका सन्दर्भमा बनिबनाउ र पूर्ण उत्तरको जड अर्थमा यसलाई ग्रहण गरियो भने त्यो आफैमा मालेमा र सर्वहारा सांस्कृतिक क्रान्तिका शिक्षा विपरित हुने कुरा स्वतः स्पष्ट छ ।

महान सर्वहारा सांस्कृतिक क्रान्तिसम्मको संश्लेषणले विश्व सर्वहारा वर्गलाई मालेमाको सैद्धान्तिक हतियारले लैश अवश्य गराएको छ । तर, क. माओको मृत्यु पछि चीनमा पूँजीवादको पूनस्थापना भयो र दुनियामा एउटा पनि समाजवादी सत्ता बांकी रहेन । यसबाट विश्व सर्वहारा आन्दोलनले व्योहोरेको एउटा ठूलो धक्का र विश्व परिस्थितिमा आएको एउटा ठूलो नकारात्मक परिवर्तनलाई अस्वीकार गर्नु मनोगत विचलनमात्र हुनेछ । वस्तुगतरुपले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग तथा क्रान्तिनै विश्वको मूल प्रवृत्ति रहेको यथार्थमा कुनै परिवर्तन आएको छैन । यसको अर्थ सत्ताको संघर्षमा चीनमा प्रतिक्रान्तिसम्म आउँदा सर्वहारा वर्गले ठूलो आत्मगत पराजय भोग्नु परेको यथार्थलाई अवमूल्यन गर्नु तथा ती पराजयहरुबाट शिक्षा लिएर भावी दिनमा प्रतिक्रान्ति रोक्ने तयारीलाई गम्भीरतापूर्वक नलिने भन्ने कुरा हुन सक्तैन । आजको विश्व क्रान्ति एवं कुनै निश्चित देशको क्रान्तिका सन्दर्भमा सर्वहारा वर्गको राजनैतिक अग्रदस्ताका अगाडि एउटा ठूलो प्रश्नकारुपमा यसको जवाफ दिने आवश्यकता टड्कारो रहेको छ ।

त्यसै गरि २१औँ शताब्दिमा प्रवेशसँगै विश्वमा विज्ञान र प्रविधि मूख्यत इलेक्ट्रोनिक सूचना प्रविधिमा अभूतपूर्व तिव्रताकासाथ विकास भएको छ । यो अद्भूत विकासले जसरी विश्वलाई विविधरुपमा प्रभावित पारेको छ, त्यसले अनिवार्यरुपमा सर्वहारा क्रान्तिको राजनैतिक र फौजी रणनीतिमा परिमार्जन र विकासको मांग गरिरहेको छ । विश्वको कुनै पनि कुनामा हुने कुनै सकारात्मक वा नकारात्मक परिघटनाको विश्वव्यापिरुपमा हुने आजको जस्तो तिव्र, घनिभूत एवं प्रत्यक्ष संवेदनात्मक प्रभाव मानव जातीको इतिहासमा पहिला कहिल्यै पर्ने गरेको थिएन ।

यसरी प्रतिक्रान्तिका अनुभवहरुले हामीलाई विगत क्रान्तिमा रहन गएका सीमा र कमजोरीबाट शिक्षा लिन प्रेरित गर्दछन् भने विज्ञान प्रविधिमा भएको विकासले हामीलाई क्रान्तिका रणनीति र कार्यनीतिमा सिर्जनात्मक विकास गर्न प्रेरित गर्दछन् । मानव समाजको युगिन विकासका दृष्टिले आज पनि विश्व साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा नै रहेको भएता पनि आत्मगत र वस्तूगत परिस्थितिमा आएका उपरोक्त महत्वपूर्ण परिवर्तनहरुले आजको सर्वहाराका अगाडि ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा आफ्ना विचार र रणनीतिहरुलाई विकास र परिमार्जन गर्नु पर्ने आवश्यकता उपस्थिति भएको छ ।

इतिहासका अनुभव, वर्तमान विश्व परिस्थितिको विश्लेषण एवं नेपाली जनयुद्धका पाँच वर्षका सजीव अनुभव समेतका आधारमा पार्टीको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनले कैयौँ महत्वपूर्ण राजनैतिक एवं फौजी संश्लेषण गरेको छ । त्यो संश्लेषित विचारको साढे २ वर्षमा भएको घनीभूत प्रयोगद्धारा जनयुद्धको विकासमा प्राप्त गुणात्मक सफलताले त्यसको वैज्ञानिकता मात्र प्रमाणित भएको छैन अपितू अझ उच्च वैचारिक राजनैतिक र फौजी संश्लेषणका निमित्त मजबूत आधार समेत तयार भएको छ । दोस्रो राष्ट्रिय सम्मेलनदेखि आज सम्मको नेपाली वर्ग संघर्षको विकास एवं ११ सेप्टेम्बरदेखि इराक युद्धसम्म विकास भएको विश्व परिस्थितिका आधारमा जनवादी क्रान्तिको रणनीतिमा विकास र परिमार्जन आवश्यक छ । यस सम्दर्भमा पार्टी, सेना सत्ता र जनसमुदायको सम्बन्धबारे निम्न कुराहरु विशेषरुपले विचारणीय रहेका छन् ।

१. पार्टी

२०औँ शताब्दिका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरुद्धारा कुन कुरा निकै निर्मम ढंगले प्रदर्शित भएको छ भने राज्यसत्ता कब्जा गरि सकेपछिको अवस्थामा पार्टीको सर्वहारा वर्गिय क्रान्तिकारी चरित्रको रक्षा र विकास गर्ने काम असाधारणरुपले कठिन हुन जान्छ । क्रान्तिकालमा पार्टी भित्र र बाहिर दायाँ, बायाँ र मध्यपन्थी विचलनका विरुद्ध निर्मम विचारात्मक संघर्ष गर्दै, जनसमुदायका आवश्यकता र हितसँग एकाकार हुँदै तथा दुश्मनका विरुद्धको वर्गयुद्धमा पृथ्वी थर्काउने वीरता र वलिदानका अद्भूत कीर्तिमान कायम गर्दै विजयी बनेका पार्टीहरु राज्यसत्ता कब्जा गरि सकेपछि तुलनात्मकरुपले सहजै र विश्वका सबै पार्टीहरु छौटै अवधिमा नोकरशाही, संशोधनवादी, जनताबाट अलग थलग र प्रतिक्रान्तिकारी पार्टीमा किन बदलिन पुगे ? निश्चित नै महान सर्वहारावादी सांस्कृतिक क्रान्तिसम्म आउँदा यसको आधारभूत सैद्धान्तिक जवाफ मालेमाले दिएको छ । तर, ती आधारभूत सिद्धान्तहरुले प्रतिक्रान्तिलाई रोक्ने गरि प्रयोग गर्ने संगठानात्मक सिद्धान्त, विधि र मान्यताको विकास गर्ने आवश्यकता अहिले पनि विद्यमान छ । योे प्रश्न पार्टी भित्र चल्ने दुई लाइन संघर्ष र सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तको वैज्ञानिक प्रयोग र विकासको समस्या हो ।

अनुभवले साबित गरेको छ कि राज्यसत्ता कब्जा गरि सके पछि पार्टीका तमाम नेता तथा कार्यकर्ताहरु राज्यसत्तासंचालनमा मात्र सम्लग्न हुँदा भौतिक परिवेशले नै पार्टीलाई क्रमशः नोकरशाही, पदलोलूप र सुविधा सम्पन्न वर्गमा परिणत गर्ने खतरा तिव्र र प्रबल बनेर जान्छ । यस प्रकारको खतराको तिव्रता र प्रबलतासँगै पार्टीको जनसमुदायसँगको सम्बन्ध त्यही अनुपातमा औपचारिक र अलग थलग बन्दै जान्छ । यो प्रक्रिया आफ्नो विकाशको एउटा निश्चित बिन्दुमा पुगि सकेपछि त्यो अनिवार्यरुपमा प्रतिक्रान्तिमा बदलिन पुग्दछ । प्रतिक्रान्तिको यस्तो खतरालाई रोक्नकालागि दूई लाइन संघर्ष र निरन्तर क्रान्तिको सिद्धान्त अनुसार पार्टीलाई सर्वहारा वर्ग र श्रमजीवि जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा राख्ने संगठनात्मक विधि र मान्यताको अझै विकास गर्न जरुरी छ । यसका लागि पार्टी भित्र चल्ने दुई लाईन संघर्षमा व्यापक जनसमुदायको सहभागिता सुनिश्चित गर्ने तथा सक्षम र स्थापित नेताहरुदेखि कार्यकर्तासम्मको एउटा हिस्सा निरन्तर जनकार्यमा र अर्को हिस्सा सत्ता सञ्चालनमा लाग्ने तथा निश्चित अवधिको अन्तरमा कार्यविभाजनमा हेरफेर गरि सिंगो पार्टीको जनसमुदायसँगको सम्बन्धलाई सजीव राख्न विशेष आवश्यक छ । प्रारम्भ देखिनै पार्टीले र उसको नेतृत्व अन्तर्गत राज्यसत्ताले जनसमुदायसँग घनिष्ट सम्बन्ध कायम गर्ने, दुखकष्ट र फारोतिनो गर्ने सर्वहारा शैली अपनाउने तथा साम्यवादी उद्धेश्यका निमित्त सम्पूर्णरुपले समर्पित रहने, पार्टी, नेता र कार्यकर्ताहरुलाई प्रेरणा र आदर्शकारुपमा प्रस्तूत गर्ने तथा पदको दुरुपयोग गर्ने, जनसमुदायमाथि हैकम चलाउन खोज्ने, सुविधाभोगि एवं पदलोलुप प्रवृत्ति, नेता एवं कार्यकर्ताका विरुद्ध निर्मम विचारधारात्मक संघर्षका साथै जनसमुदायमा न¨याउने नीति एवं संरचनाको विकास गर्न जोड लगाउनु पर्दछ । यस सन्दर्भमा पार्टी भित्र चल्ने दुई लाइन संघर्षमा राज्यको बल प्रयोग गर्ने प्रवुत्तिलाई निरुत्साहित गर्ने तथा सहि र गलतको फैशला वैचारिक संघर्षको बीचबाट आम कार्यकर्ता र जनसमुदायद्धारा गर्ने वैज्ञानिक विधिलाई प्रोत्साहित र स्थापित गर्न जोड लगाउनु पर्दछ । पार्टी भित्र र बाहिर निश्चित विद्रोह न्यायसंगत हो वा होइन भन्ने कुराको फैसला गर्ने अधिकार आम कार्यकर्ता र जनसमुदायमा रहने व्यवस्था सुनिश्चित गर्न आवश्यक छ ।

२. सेना

२०औँ शताब्दिका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरुले कुन कुरालाई पनि स्पष्टसँग प्रर्दशित ग¥यो भने सर्वहारा वर्गिय सही क्रान्तिकारी विचार, नीति र योजनाका आधारमा अगाडि बढ्दा करिब सु्न्यको स्थितिबाट जनसमुदायले दुश्मनको अत्याधुनिक र शक्तिशालि सेनालाई धुलोपिठो पार्न सक्ने अपराजय जनसेनाको विकास गर्न सक्दो रहेछ, तर पार्टीमा गलत विचार हावी भएमा त्यही सेना प्रतिक्रान्तिको हतियार बन्न पुग्दो रहेछ । अनुभवले जनसेनाका सन्दर्भमा पनि के साबित गरेको छ भने क्रान्ति पूर्वको कमजोर र कठिन घडिमा त्याग, तपस्या, वीरता, वलिदान र वैचारिक निष्ठासहित जनसमुदायसँग एकाकार हुँदै दुश्मनका विरुद्धको युद्ध मोर्चामा अपराजय साबित हुने जनसेना राज्यसत्ता कब्जा भई सकेपछि क्रमशः व्यारेकमा विशेष व्यवस्था अन्तर्गत रहने वुर्जुवा आधुनिक नियमित सेना बन्ने प्रवृत्ति प्रबल हुँदै जाने भौतिक परिवेश बन्दछ । सर्वहारा वर्गिय विचार एवं जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा रहने कुरालाई सुनिश्चित गर्ने विधि र संरचनाको विकास गर्न नसक्ने हो भने त्यो प्रवृत्ति झांगिदै गएर एउटा निश्चित बिन्दुमा पुगे पछि सेना स्वभाविकरुपले प्रतिक्रान्तिको सेवागर्ने हतियारमा परिणत हुन पुग्दछ । 

उपरोक्त स्थितिको पुनारावृत्ति हुनबाट रोक्नको लागि प्रारम्भदेखिनै जनसेनामा वैचारिक र राजनैतिककामलाई सर्वाधिक महत्वकासाथ सञ्चालन गर्ने र प्रतिक्रान्तिका विरुद्ध विद्रोहको चेतनाद्धारा सिंगो सैन्यपंक्ति एवं आम जनसमुदायसम्मलाई सुसज्जित पार्ने कुरामा जोड दिनु पर्दछ । यसकासाथै २१ औँ शताब्दिको जनसेना भनेको राज्यसत्ता कब्जा गरि सकेपछि निश्चित ब्यारेकमा बसेर विशेष तालिम र हतियारद्धारा आधुनिक बन्ने प्रक्रियामा होइन आम जनसमुदायलाईनै सैनिकीकरण गर्ने तथा जनसमुदायकै सेवागर्ने क्रान्तिकारी संवाहक बनि राख्ने कुरामा सुनिश्चित गर्नु पर्दछ । वैचारिक र भौतिक दुबै दृष्टिले सशस्त्र जनसमुदायको विकास गरेर मात्र वैदेशिक प्रतिकृयावादी हस्तक्षेपको प्रतिरोध गर्न एवं प्रतिक्रान्तिलाई रोक्न सकिन्छ भन्ने कुरामा अहिले देखिनै सैन्यपंक्तिमा स्पष्ट दृष्टिकोण विकास गर्न जोड लगाउनु पर्दछ । विद्रोहको अधिकार प्रयोग गर्न सचेत सशस्त्र जनसमुदायको विकास गर्ने ऐतिहासिक दायित्व पुरा गर्ने कार्यभार नै २१औँ शताब्दिको जनसेनाको प्रमुख कार्यभार हुनु पर्दछ ।

३‍ राज्यसत्ताबारे

सर्वहारा वर्गको राजनैतिक पार्टीको नेतृत्वमा जनयुद्धद्धारा राज्यसत्ता कब्जा गर्ने क्रान्तिको केन्द्रीय प्रश्न  हिंजो र आज पनि महान र कष्टसाथ प्रश्न अवश्य रहेको छ । तर, २० औँ शताब्दिका अनुभवहरुले स्पष्ट गरेका छन् कि राज्यसत्ता कब्जा गर्ने प्रश्न भन्दा पनि राज्यसत्ताको निरन्तर जनवादीकरण गर्दै त्यसको विलोपीकरणतिर डो¥याउने प्रश्न अझ हजारौं गुना कठिन र जटील हुने गर्दछ । एकै शताब्दिमा विश्व थर्काउदैं रुस, चीन लगायतका देशमा भएका महान क्रान्तिहरुको सफलता एवं शक्तिशालि विश्व समाजवादी कित्ताको विकास र भयानक प्रतिक्रान्तिका घटनाक्रमहरु हुँदै विश्वमा एउटा पनि समाजवादी सत्ता बाँकी नरहेको यर्थाथले विषयको महत्व र गम्भीरतालाई दर्शाउछन् ।

आखिर पूंजीवादी साम्राज्यवादले आफ्नो सैन्य फासिवादी सारतत्वलाई तथाकथित प्रजातन्त्रको नकावले ढाकेर विश्व जनमतलाई भ्रमित पार्न सफल हुनु तथा सर्वहारा वर्गको आफ्नो जनवादी सारतत्वका बावजूद राज्यसत्तामा आफ्नो पकड मजबुत गर्न नसक्नुका तमाम ऐतिहासिक र सैद्धान्तिक कारणका बावजूद आज हाम्रो अगाडि जनवादको विकासको समस्या एउटा ज्वलन्त समस्या बनेर खडा भएको छ । पराजित वर्ग दुश्मनका विरुद्ध अधिनायकत्वको आवश्यकता र जनताको जनवादको अभ्यासको आवश्यकताका बीचमा समुचित सन्तूलन कायम गर्ने सन्दर्भका प्रमुख समस्याहरु के हुन् ? जनताको जनवादी अधिनायकत्व वा सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत जनताको जनवाद वा सर्वहारा जनवाद वस्तूतः औपचारिक, यान्त्रिक र संकीर्ण किन हुन पुग्यो ? यहां हाम्रो प्रश्न विश्वका तमामरुपरंगका संशोधनवादी र विसर्जनवादीहरुले उठाउने गरेको जनताको जनवादी अभिनायकत्व वा सर्वहारा वर्गको अधिज्नायकत्वको विरोध गरेर वुर्जुवाहरुको औपचारिक प्रजातन्त्रमा फंस्ने गद्धारीसंग कुनै सम्बन्ध छैन । 

हाम्रो प्रश्न यहाँ निरन्तर क्रान्तिको प्रवाह संगठित गर्ने संस्थाकारुपमा राज्यसत्ताको विकास गर्ने कुरामा केन्द्रीत छ । आखिर राज्यसत्ताको व्यापक र सजीव जनवादीकरणको प्रक्रियामानै वास्तविक जनवादी अधिनायकत्व वा सर्वहारा अधिनायकत्व सुदृढ हुन सक्दछ । जनवादी केन्द्रीयताको महान वैज्ञानिक सिद्धान्तको यो भन्दा अर्को अर्थ हुनै सक्तैन । राज्यसत्ता कब्जा गर्नु पूर्वसम्म जनवादी केन्द्रीयताको सहि अभ्यास गरेर राज्यसत्ता कब्जा गर्न सफल हुने पार्टीहरु पछि किन औपचारिक जनवाद र नोकरशाही केन्द्रीयताको शिकार हुन पुगे ? पार्टी भित्र संशोधनवाद हावी भएकोले भन्ने तर्क मात्रले यसको पुरा उत्तर दिंदैन । आखिर द्धन्दात्मक भौतिकवादको प्रयोगमा माक्र्सवादीहरुद्धारा भएको यो वा त्यो रुपका कमजारी पनि यसमा जिम्मेवार छन् ।

एउटा नस्चित देश, काल र परिस्थितिमा सर्वहारावादी क्रान्तिकारी रहेको पार्टी र जनवादी वा समाजवादी रहेको राज्यसत्तामा अर्को देश, काल परिस्थितिमा प्रतिक्रान्तिमा परिणत हुन सक्दछ । त्यो अवस्थामा जनसमुदाय र क्रान्तिकारीहरुले विद्रोह गर्नु पर्दछ भने महान सर्वहारा सांस्कृतिक क्रान्तिको संश्लेषण आफ्नो ठांउमा पुरै सहि रहेको कुरा स्पष्ट नै छ । तर, एक पटक एक निश्चित कम्युनिष्ट पार्टीको नेतृत्वमा जनवादी वा समाजवादी राज्यसत्ता स्थापित भइसके सो पार्टी सधै सर्वहारावादी भइराख्छ भने झै त्यसका विरुद्ध राजनैतिकरुपले जनसमुदायद्धारा स्वतन्त्ररुपमा जनवादी वा समाजवादी प्रतिश्पर्धा गर्ने वातावरण नहुनु, नबनाउनु वा त्यसमाथि प्रतिबन्ध लगाइनुले एकातिर, सत्ताशिन पार्टीले जनसमुदायका बीचमा कसैसँग राजनैतिक प्रतिश्पर्धा गर्नु नपर्ने  हुँदा त्यो क्रमशः विशेष सुविधा सम्पन्न यान्त्रिक नोकरशाही पार्टी र त्यसको नेतृत्वको राज्यसत्ता पनि क्रमशः यान्त्रिक र नोकरशाही मेसिनरीमा परिणत हुने तथा अर्कातिर जनसमुदाय औपचारिक जनवादको शिकार भएर क्रमशः उसको असिमित सिर्जनशिलता र गतिशिलताको उर्जा कुण्ठीत हुन जाने खतरा इतिहासमा स्पष्ट देखा पर्ने गरेको छ । उपरोक्त समस्या समाधानका लागि निरन्तर क्रान्तिको सिद्धान्त अनुसार राज्यसत्तामा जनसमुदायको नियन्त्रण निगरानी र हस्तक्षेपको प्रक्रियालाई सजीव र वैज्ञानिक ढंगले संगठित गर्ने आवश्यकतामा जोड दिइनु पर्दछ । यहाँ फेरी पनि प्रश्न दुश्मनका विरुद्ध अधिनायकत्वको प्रभावकारीता जनसमुदायको जनवादको अभ्यासको प्रभावकारीतामा निरर्भर रहने वैज्ञानिक तत्थलाई द्धन्दात्मक ढंगले संगठित गर्र्ने प्रश्न नै हो ।

यसका लागि सामन्तवाद र साम्राज्यवाद विरोधि जनवादी राज्यसत्ताको सवैधानिक सिमा भित्र राजैतिक प्रतिश्पर्धा सगठित गरि कम्युनिष्ट पार्टीको निरन्तर सर्वहाराकरण र क्रान्तिकारीकरण अनिवार्य हुने परिस्थिति  निर्माण गरिनु पर्दछ । यदि पार्टीले आफैलाई निरन्तर क्रान्तिकारीकरण गर्न नसके त्यसको खिलाफमा अर्को क्रान्तिकारी पार्टी वा नेतृत्वलाई राज्यसत्तामा पु¥याउन सक्ने जनसमुदायको अधिकारलाई संस्थागत गरेर मात्र प्रतिक्रान्तिलाई प्रभावकारी ढंगले रोक्न सकिने छ । सामन्तवाद र साम्राज्यवाद विरोधी विभिन्न राजनैतिक दल, संघ, संस्था जसले जनवादी राज्यसत्ताको सवैधानिक व्यवस्थालाई स्वीकार गर्दछन्, उनिहरुका बीचमा कम्युनिष्ट पार्टीलाई सहयोगमात्र गर्नु पर्ने यान्त्रिक सम्बन्धमा होइन जनताको सेवामा जनवादी राजनैतिक प्रतिस्पर्धा गर्ने द्धन्दात्मक सम्बन्धमा जोड दिइनु पर्दछ । स्पष्ट छ कि यो प्रक्रियामा यदि कसैले जनवादी राज्यसत्ताद्धारा वैधानिकरुपले निर्धारित सिमाको अतिक्रमण गरेमा उसमाथि जनवादी अधिनायकत्व लागू हुनेछ ।

एक पटक राज्यसत्ता कब्जा गरि सकेपछि पार्टीले नेतृत्वको हैशियत साबित गर्न आफ्नो विचारको सहि पना, जनसमुदायका हितहरुसँग एकाकार हुने आवश्यकता, त्याग, तपस्या र बलिदान एवं वर्ग र जनता प्रतिको निष्ठा साबित गरिरहन नपर्ने स्थितिको प्रारम्भदेखिनै अन्त गर्न जोड दिइनु पर्दछ । राज्यसत्तामा विचार र नेतृत्वको केन्द्रीकरणले जनसमुदायको स्व—निर्णयको अधिकार कटौती गर्नेस्थिति आउन नदिने कुरामा विशेष ध्यान दिनु पर्दछ ।

नेपालको जनवादी क्रान्तिका सन्र्दभमा हामीले वर्गिय, जातिय, क्षेत्रिय एवं लि‌गिय उत्पीडनबाट जनसमुदायको मुक्तिको कुरा गरिरहेको छौ । आत्मनिर्णयको अधिकार सहित जातिय र क्षेत्रिय स्वशासनका कुरा गरेका छौँ । साथै सामन्तवाद र साम्राज्यवाद विरोधी पार्टी स्वतन्त्रताको कुरा पनि गरि रहेका छौँ । त्यो अवस्थामा राज्यसत्ताको निरन्तर जनवादीकरणका लागि जनसमुदायको स्वनिर्णयको अधिकारलाई सजीवरुपले संगठीत गर्ने कुरामा जोड दिनु पर्दछ ।

यसरि पार्टी, सेना र राज्यसत्ताको उपरोक्त प्रकारको समूचित विकासमा नै २१औँ शताब्दिको जनवादले निरन्तर क्रान्तिको प्रक्रियालाई अगाडि बढाएर प्रतिक्रान्तिलाई रोक्न सक्ने छ ।
 

तत्कालिन नेकपा (माओवादी)को २०६० जेठमा सम्पन्न केन्द्रीय समितिको वैठकमा पारित प्रस्ताव

खासमा के छ जनताको बहुदलीय जनवादमा ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप