बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

७ बुँदेपछि माओवादीमा विवादः तीन नेताले बनाउने भए नयाँ पार्टी !

मङ्गलबार, ०८ फागुन २०७४, ११ : ४५
मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौं–नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकताका लागि ७ बुँदे आधारपत्र तयार भएसँगै माओवादीभित्र विवाद देखिएको छ । 
एकताबारे फरक मत फरक मत राख्दै आएका केहि नेताहरुले अब  नयाँ माओवादी पार्टी बनाउने प्रतिक्रिया दिएका छन् । 
पार्टी  एकताबारे फरक मत राख्दै आएका नेताहरु गोपाल किराती, आहुती र लोकेन्द्र विष्ट मगरले नयाँ पार्टी बनाउने प्रतिक्रिया दिएका हुन् । 
सोमबार मध्यरात एमाले र माओवादी केन्द्रबीच पार्टीको मार्गनिर्देशक सिद्दान्त माक्र्सवाद–लेनिनवाद रहने, एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, दुबै पार्टीको राजनीतिक वैचारिक आधारमा टेकेर सोहि बिचारलाई अगाडि बढाउँदै समाजवादको आधार निर्माण गर्नेलगायतका ७ बुँदे सहमति भएको थियो । 
सो सहमतिपछि उनीहरुले दुई पार्टीबीचको सहमति कम्युनिष्ट आन्दोलनको विसर्जन भएको भन्दै अब नयाँ पार्टी बनाउने उद्घोष गरे । 
आहुतीले भने–

म पहिलादेखि नै माओवादी केन्द्रमा थिइनँ । अब हामीहरु नयाँ माओवादी पार्टी बनाउछौँ । हिजो एमाले र माओवादी केन्द्रबीच भएको सहमति कम्युनिष्ट आन्दोलनको बिर्सजन हो । अब बन्ने पार्टीको पथपर्दशक सिद्धान्त माक्र्सवाद लेनिनवाद र माओवाद हुने छ । मरेको कुरा पुनर्गठन हुदैन । पुरा नयाँ बनाउने हो । नयाँ बनाउन हामी तयार छौं । 
लोकेन्द्र विष्टले भने–
हामी ओली प्रचण्डको पार्टीमा जादैनौं । क्रान्तिकारी माओवादी धारलाई संगठित गछौ । यो एकतालाई दुई तरिकाबाट हेर्नु पर्छ । 
पहिलो एमाले र माओवादी केन्द्र वैचारीक रुपमा फरक थिएनन् भन्ने कुरा प्रमाणित भएको छ । यीनीहरुमा तात्वीक भिन्नता थिएन । जुन अब आम जनतालाई पनि प्रष्ट भयो । प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको औपचारीक रुपमा बिर्सजन भयो । मेरो दृष्टिकोणबाट भन्दा दुखद अबसान हो । अब यो कम्युनिष्ट विचारधाराको पार्टी होइन । यो सोसल डेमोक्रयाट हो ।
दोस्रो पक्ष अब माओवादीहरु एक हुन सहज भएको छ । यसले अहिले सम्म रहेको भ्रमको अन्त्य भएको छ । अब क्रान्तिकारी माओवादीहरु नयाँ पार्टी निमार्णमा लाग्छौ । यसमा आहुति,म र गोपाल किराती छौ । अर्कोबाट विप्लव र वैद्यजी हुनुहुन्छ । हामी सबै मिलेर नयाँ किसिमको माओवादी पार्टी निमार्ण गछौ । अब नेपालमा दुई धारा भए एउटा क्रान्तिकारी धारा र अर्को संशोधनवादी धारा । क्रान्तिकारी धाराको नेतृत्व हामीहरु गर्छौ । संशोधनवादी धाराको नेतृत्व ओली प्रचण्डले गर्नु हुन्छ । 
गोपाल किराती 
आजबाट प्रचण्ड मेरो नेता रहेन । जनयुद्ध र अमर शहिदहरुको अपमान गरिएको छ । माओवादी आन्दोलनलाई समाप्त पारेको छ ।  पुष्पकमल दाहाल एण्ड कम्पनीको यो दक्षिणपन्थी काण्डको भण्डाफोर गर्दै अगाडि बढ्ने छौ । नेकपा माओवादी केन्द्र  महाधिवेशन संयोजन समितिमा आजबाट नहरेको जानकारी गराउछु । 
माक्र्सवाद,लेनिनवाद र माओवाद पथप्रर्दशक सिद्धान्त मान्दै अगाडि बढ्ने छौं । माओवादी केन्द्रलाई नै पुन गर्ठन गर्नेछौं ।  

थप समाचार

एमाले–माओवादी एकतावारे यस्तो आयो कांग्रेसको धारणा

खासमा के छ जनताको बहुदलीय जनवादमा ?

पार्टी एकताका लागि गठित २ कार्यदलमा को को छन् ?

७ बुँदे एकताको आधार तय भएको भोलिपल्टै प्रचण्ड र चिनियाँ अधिकारीबीच भेटवार्ता

वाम एकताबारे दुई कार्यदल गठन, मध्यरातमा जुट्यो यस्तो सहमति

एमाले र माओवादीबीच ७ बुँदे सहमति, के छ सहमतिपत्रमा ?

 

 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप