बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले–माओवादी एकतावारे यस्तो आयो कांग्रेसको धारणा

मङ्गलबार, ०८ फागुन २०७४, १० : ५६
मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौं– दुई ठुला कम्युनिष्ट पार्टी एमाले र माओवादीबचिको एकतालाई कांग्रेसले स्वागत गरेको छ । 

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र दलहरुको विभाजनले नभई एकताले बलियो हुने भएकाले एमाले माओवादी एकतालाई काँग्रेसले स्वागत गरेको रातोपाटीलाई प्रतिक्रिया दिए । 

मंगलबार विहान रातोपाटीसँग कुरा गर्दै प्रवक्ता शर्माले भने,‘पार्टी फुट्नुभन्दा जुट्नु सुखद पक्ष हँुदैहो, अहिले एमाले र माओवादी एकताका लागि अन्तिम अवस्थामा छन् हामी उनीहरुलाई शुभकामना र बधाई दिन्छौँ ।’

प्रवक्ता शर्माले निर्वाचनअघि नै शान्ति, स्थिरता र सम्बृद्धिका नाममा दुई पार्टीले मत मागेकाले अव त्यो पुरा गरेर देखाउन समेत आग्रह गरे । ‘हामी दुई पार्टीको एकतालाई स्वागत गर्दै विगतमा जनतासँग गरेका बाचा पुरा गरेर देखाउँन आग्रह गर्छौँ । ’

काँग्रेसले दुई दलबीचको सहमति अनुसार सरकारको नेतृत्वमा गरिएको भनिएको पालैपालो नेतृत्वको सवालप्रति भने उदेश्यमा पुग्न सहज नहुने बताएको छ । 

‘एकता हुदै गर्दा स्थिरताको सन्दर्भमा कति गम्भिरता रहन्छ र व्यवहारत लागु हुन्छ त्यो प्रश्नको विषय भएको छ’कांग्रेस प्रवक्ता शर्माले भने ।   

 

थप समाचार

खासमा के छ जनताको बहुदलीय जनवादमा ?

पार्टी एकताका लागि गठित २ कार्यदलमा को को छन् ?

७ बुँदे एकताको आधार तय भएको भोलिपल्टै प्रचण्ड र चिनियाँ अधिकारीबीच भेटवार्ता

वाम एकताबारे दुई कार्यदल गठन, मध्यरातमा जुट्यो यस्तो सहमति

एमाले र माओवादीबीच ७ बुँदे सहमति, के छ सहमतिपत्रमा ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप