शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा कस्ता छन् पशुपन्छी हाटबजार ?

मङ्गलबार, ०८ फागुन २०७४, १० : ४५
मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौँ । सरकारको तथ्याङ्क हेर्ने हो भने हाल नेपालमा १ सय ७६ वटा पशुबजार तथा सङ्कलन केन्द्र रहेका छन् । यसमा सबैभन्दा धेरै पशु हाटबजार तथा सङ्कलन केन्द्रहरू तराईमा रहेका छन् । पूर्वी तराईमा ७८, मध्य तराईमा ४८, पश्चिम तराईमा ७, मध्यपश्चिम तराईमा ९, सुदूर पश्चिम तराईमा ६ र पहाडी जिल्लाहरूमा ससाना २९ वटा हाटबजार तथा सङ्कल केन्द्रहरू रहेका छन् ।

यो तथ्याङ्क हामीले पशुपन्छी निर्देशनालयको अनलाइन सेवाबाट लिएका हौँ । सबै जिल्लामा खशी, बोका, बङ्गुर, सुँगुर, रागाँ, गाई, गोरु र कुखुराको मासु सेवन गर्दै आएको तथ्याङ्कले देखाइएको छ । यो व्यवसायमा लाग्नेको सङ्ख्या पनि बढ्दो मात्रमा रहेको छ । थोरै लगानीमा पनि मासु पसल सञ्चालन गर्न त सकिन्छ तर पशुपन्छी हाटबजारलाई बाँध्ने कुनै पनि गतिलो कानुन भने छैन ।

यस्तै ४२ जिल्लाका कृषि सहकारीहरूले पशु सङ्कलनको जिम्मा लिँदै आइरहेको छ । नेपालको पशु हाटबजारको बारेमा हामीसँग कुराकानी गर्दै पशुपन्छी निर्देशनालयका कार्यक्रम निर्देशक डा. बलराम थापाले अहिलेसम्म पशु हाटबजारका बारेमा सरकारको तर्फबाट कुनै पनि नीति नियम नबनेका कारण नेपालका सबै हाटबजार आफ्नै तरिकामा सञ्चालन भइरहेको बताए । कृषि निर्देशिका सार्वजनिक गरे पनि सो निर्देशिकामा कृषिको विषयलाई मात्रै समेटिएको छ । पशुपन्छीको सवाललाई राखिएको छैन ।

नेपालमा पशुपन्छी हाटबजारको सवालमा दरिलो कानुनै नहँुदा स्थानीयस्तरमा आफ्नै तरिकाले हाटबजार सञ्चालन भइरहेका छन् । जिल्लास्तरमा नगरपालिका, गाउँपालिका वा विभिन्न सङ्घ संस्थाहरूले पशुपन्छी हाटबजारमा सञ्चालनमा ल्याएका छन् । पशुहाटबजारमा पनि त्यही बनाएको केही नीति तथा नियमभन्दा अरू कुनै पनि नीति नियम नहुँदा नेपालको वधशाला तथा पशुपन्छी हाटबजार चुस्तदुरुस्त तवरबाट सञ्चालन हुन नसकेको हो कि भन्ने निर्देशक थापालाई पनि भान भएको छ । अब बन्ने स्थानीय सरकारकाले पशुपन्छी सम्बन्धी नीति नियममा पनि साथ दिने उनको आश रहेको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप