शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विगनद्वारा सिटीको सपना चकनाचुर

मङ्गलबार, ०८ फागुन २०७४, १० : १०
मङ्गलबार, ०८ फागुन २०७४

लण्डन । विगन एथ्लेटिकसँग स्तब्ध हुँदै म्यान्चेस्टर सिटीको यो सिजन सबै ट्रफीमा क्लिन स्वीप गर्ने सपना चकनाचुर बनेको छ ।

एफएकपको पाँचौ चरणमा सिटी लिग वान टोलीसँग स्तब्ध बनेको हो ।

फाबियन डेल्फले पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड खाएपछि सिटी १० खेलाडीमा सिमित बनेको थियो ।

त्यसपछि पनि सिटीले खेलमा नियन्त्रण राख्दै विपक्षीमाथि लगातार आक्रमण गरेको थियो । खेलमा ८३ प्रतिशत नियन्त्रण राख्दै सिटीले विपक्षीको पोष्टमा २९ पटक आक्रमण गरेको थियो ।

तर, सिटीको आक्रमणलाई थेग्दै खेल सकिन ११ मिनेट बाँकी छँदा विल ग्रिगले गोल गर्दै प्रिमियर लिगको शीर्ष टोलीलाई स्तब्ध बनाएको थियो ।

खेलका दौरान मध्यान्तरमा सिटीका प्रशिक्षक पेप ग्वार्डिओला र विगनका प्रशिक्षक पाउल कुकबीच विवाद भएको थियो भने खेलपछि मैदान प्रवेश गर्ने सिटीका फ्यान सर्जियो अगुएरोबीच पनि झगडा परेको थियो ।

यो सिजन सिटीले कुनै पनि खेलमा गोल गर्न नसकेको यो मात्र तेस्रो अवसर हो ।

खेलपछि ग्वार्डिओलाले ‘हार स्वीकारेको’ बताए ।

सिटीले अब लिग कपको फाइनलमा आइतबार आर्सनलको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप