बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर विद्यालयस्तरीय म्याराथन हुने

मङ्गलबार, ०८ फागुन २०७४, ०९ : ३३
मङ्गलबार, ०८ फागुन २०७४

काठमाडौँ - महर्षी विद्यालय सामाखुशीको आयोजनामा तेस्रो महर्षी अन्तरविद्यालय म्याराथन प्रतियोगिता हुने भएको छ । 

महर्षी विद्यालयले सोमबार साँझ पत्रकार सम्मेलन गरी यही फागुन १२ गते शनिबार उक्त प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा विद्यालयका अध्यक्ष प्रकाशचन्द्र दवाडीले पाँच किलोमिटर दौडमा हुने प्रतियोगितामा उपत्यकाका ५० भन्दा बढी विद्यालयका झण्डै ४०० विद्यार्थीले भाग लिने जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमश ः रु सात हजार, पाँच हजार र तीन हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष दवाडीले बताए । 

प्रत्येक वर्ष आयोजना हुने उक्त प्रतियोगिता विसं २०७२ देखि गर्दै आइरहेको विद्यालयका निमित्त प्राचार्य निर्मल पौडेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप