बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कपिलवस्तुमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता शुरु

मङ्गलबार, ०८ फागुन २०७४, ०९ : ३७
मङ्गलबार, ०८ फागुन २०७४

कपिलवस्तु–कपिलवस्तु नगरपालिकाको आयोजनामा कपिलवस्तुमा प्रथम मेयर कप नकआउट टि टवान्टी क्रिकेट प्रतियोगिता सोमबार देखी शुरु भएको छ ।
फागुन ११ गते सम्म चल्ने प्रतियोगिताकाका बिजेतालाई नगद रु. २५ हजार र उपबिजेता टोलीलाई नगद रु.२० हजार र कप प्रदान गरिने प्रतियोगिताका संयोजक तथा कपिलवस्तु नगरपालिका वडा नं.–३ का वडा अध्यक्ष प्रकाश गैरेले जानकारी दिए ।
प्रतियोगितामा नगरका ८ टोली बिच प्रतिश्पर्धा हुने जनाईएको छ । युवाहरुलाई कुलतबाट बचाउन तथा शारिरीक सुगठनका लागी सचेत बनाउने उद्धेश्यका साथ मेयर कपको आयोजना गरीएको प्रतियोगिताका संयोजक गैरेले जानकारी दिए ।
नगर प्रमुख किरण सिंहले यस बर्षबाट शुरु गरिएको मेयर कपलाई निरन्तरता दिईने प्रतिबद्धता ब्यक्त गरे । एक कार्यक्रमका बिच सोमबार तौलिहवाको बुद्धपद्धम माबिको खेल मैदानमा नगरपालिकाका प्रमुख किरण सिंह, पुर्व राजदुत दिप कुमार उपाध्याय, पुर्व राज्य मन्त्री सुरेन्द्रराज आचार्य र संघिय संसदका साँसद अतहर कमालले क्रिकेट खेलेर प्रतियोगिताको उदघाटन गरेका थिए ।
प्रतियोगिताको उदघाटन पछि मन्तब्य दिदै पुर्व राज्यमन्त्री तथा नेपाली काँग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले नगरले शुरु गरेको मेयर कपले युवाहरुलाई सिर्जनशिल बन्न सहयोग पुर्याउने बताए ।
पुर्व राजदुत दिपकुमार उपाध्यायले नेपालले क्रिकेट सहितका खेलमा बिश्वमै आफनो प्रदर्शनलाई सुधार गर्दै गएको बेला जिल्लामा समेत यस्ता खेललाई प्राथमिकता दिनु पर्ने बताए । सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठको सञ्चालनमा सम्पन्न उदघाटन सत्रको कार्यक्रममा क्रिकेट संघकी माया ज्ञवालीले मन्तब्य राखेकी थिईन् ।
यसैबिच सुपर सिक्समा गौतम बुद्ध बिजयी ः
कपिलवस्तुको तौलिहवामा आयोजित पहिलो दिनको टि टवान्टी नकआउट क्रिकेट प्रतियोगिता रोमान्चक प्रतिश्पर्धाका बिच सुपर सिक्समा गौतम बुद्ध क्रिकेट क्लबले १ रनले जितेको छ ।
प्रतियोगिताको पहिलो ईनिङ्गमा गौतम बुद्धले १८ ओभर ३ बलमा अल आउट हुदै ९६ रन जोडेको थियो । गौतम बुद्धका खेलाडी बिश्वास ढकालले सर्वाधिक २० रन जोडेका थिए भने बलिङ्ग तर्फ जय बुद्धका परवेज अन्सारी र अखलाख आलमले समान ३÷३ बिकेट लिएका थिए ।
खेलको दोस्रो ईनिङ्गमा जय बुद्धले २० ओभरमा ८ बिकेट गुमाउदै ९६ रन बनाएको थियो । जय बुद्धका अमिर अहमदले सर्वाधिक ३८ रन बनाउनुभएको थियो भने गौतम बुद्धका कलिम खानले ३ बिकेट लिएका थिए ।
दुबै टोली बिच बराबरी स्कोर भए पछि सुपर सिक्सबाट प्रतियोगिताको नतिजा निकालिएको थियो । सुपर सिक्समा पहिले ब्याटिङ्ग गरेको जय बुद्धले ६ रन बनाउदा गौतक बुद्धले १ ओभरमा ७ रन बनाई प्रतियोगिताको पहिलो खेल जितेको थियो ।
प्रतियोगितामा बलिङ्ग तर्फ ३ बिकेट र ब्याटिङ्गमा ५ रन बनाएका कलिम खानलाई कपिलवस्तु नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रामभजन कलवारले म्यान अफ द म्याचको पुरस्कार दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप