शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुरामा जीप दुर्घटना, २ जनाको मृत्यु

मङ्गलबार, ०८ फागुन २०७४, ०७ : ५५
मङ्गलबार, ०८ फागुन २०७४

बाजुरा - बाजुराको बडिमालिका नगरपालिका ८ मा हिजो बेलुकी पौने ८ बजे से १ ज ९४० नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

दुर्घटनामा हुम्लाको ओदानचुली गाउँपालिका ३ का ४० वर्षीय बल बहादुर बुढा र मुगुको खतिवडा गाउँपालिका ८ का ४५ वर्षीय काली बहादुर राउतको मृत्यु भएको हो ।

बुढाको घटनास्थल मै र राउतको उपचारको क्रममा मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ६ जनाको जिल्ला अस्पताल बाजुरामै उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप