शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सक लाइसेन्स परीक्षा : विदेशमा डाक्टरी पढेको ३६ पटकसम्म फेल

मङ्गलबार, ०८ फागुन २०७४, ०७ : ५३
मङ्गलबार, ०८ फागुन २०७४

नेपालको मेडिकल शिक्षाको गुणस्तरमाथि प्रश्न उठेका बेला विदेशमा अध्ययन गरेको चिकित्सक ३६ पटकसम्म फेल भएको तथ्य पत्ता लागेको छ।

 

नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा विदेशमा अध्ययन गरेर आएका चिकित्सकले ३६ पटक अर्थात् १२ वर्षसम्म निरन्तर परीक्षा दिँदा पनि पास गर्न नसकेको तथ्य खुलेको हो।

 

नेपालमा मेडिकल शिक्षाको गुणस्तर कामै नलाग्ने अवस्थामा रहेको भ्रम छरेर विद्यार्थी विदेश पढ्न जान बाध्य बनाउन थालेपछि मेडिकल काउन्सिलले नेपाल र विदेशमा अध्ययन गरेर आएका चिकित्सकको क्षमता मापन गरेको हो।

काउन्सिलले बताएअनुसार चीन, पाकिस्तान, बेलारुस, कार्जकिस्तान, जर्जिया र बंगलादेश अध्ययन गरेर आएका धेरै चिकित्सक लाइसेन्स परीक्षामा निरन्तर फेल भएका छन्।, यो खबर आजको नयाँ पत्रिकामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप