शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्रिकेट खेलाडीलाई तीन/तीन लाख दिने सरकारको घोषणा

मङ्गलबार, ०८ फागुन २०७४, ०७ : २२
मङ्गलबार, ०८ फागुन २०७४

प्रधानमन्त्र िकेपी शर्मा ओलीले विश्वकप छनौट क्रिकेटमा पुगेको नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाखसहित सम्मान गर्ने घोषणा गरेका छन् । 

सरकारले नामिवियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग प्रतियोगिताका खेलाडी र प्रशिक्षकलाई ३,३ लाख दिने घोषणा गरेको हो । 

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट खेलाडीलाई सम्मान गर्दै उक्त घोषणा गरेका हुन। 

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार खेल क्षेत्रको विकासको सकारात्मक रहेको बताए।

प्रधानमन्त्रीले घोषणा गरेको उक्त रकम आउँदो शुक्रबार हस्तान्तरण गरिने छ।, आजको कान्तिपुरमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप