प्रहरीले 'खोजिरहेका' सिलवाल प्रधानमन्त्री निवासमा
कार्यसम्पादन मूल्याकंन किर्ते सम्बन्धी मुद्धामा प्रहरीले व्यापक खोजी गरिरहेका पूर्व डिआईजी एवं एमाले सांसद नवराज सिलवाल केपी प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिएका छन् ।
सिलवाल सोमबार साँझ एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुगेका थिए ।
सरकारी छाप दस्तखत किर्ते मुद्दामा सर्वोच्च अदालतको आदेश अनुसार प्रहरीले अनुसन्धानका निम्ति सिलवाललाई ब्यापक खोजी जारी राखेको थियो । पुसको दोस्रो सातामात्रै प्रहरी परिसर काठमाडौंले सिलवाललाई बयानका लागि उपस्थित गराउन भन्दै प्रहरी परिसर ललितपुरलाई पत्राचार गरेको थियो ।
सिलवाल फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयलाई पत्राचार गर्दै उनको खोजी जारी राख्न आन्तरिक सर्कुलर गरेको थियो । यति गर्दा पनि सिलवाल फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले सिलवालका नाममा इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरेको थियो ।, यो खबर आजको कान्तिपुरमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निसीखोला बस दुर्घटना : ज्यान गुमाउनेको संख्या नौ पुग्यो
-
विशेष र समपूरक अनुदानतर्फ २६ अर्ब १० करोड रुपैयाँको बजेट सिलिङ
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने
-
आज देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना, हिमाली भूभागमा हल्का हिमपात
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
निसीखोला बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो, २५ घाइतेलाई बागलुङ पठाइयो