बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टिभिएस जुपिटर क्लासिकको पोखरा र चितवनमा अनावरण हुँदै

सोमबार, ०७ फागुन २०७४, १९ : २५
सोमबार, ०७ फागुन २०७४

काठमाडौं । जगदम्बा मोटर्स,नेपालमा टिभिएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरकले टिभिएसको पहिलो जुपिटर क्लासिक पोखरा र चितवनमा सार्वजनिक गर्ने भएको छ । यस क्लासिक संस्करणमा सनलाइट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आर्कषक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी २ जना बस्न मिल्ने सिट लगायतका सुबिधा रहेको कम्पनीले जनाएको छ ।  ‘टिभिएस जुपिटर क्लासिक’ पुरै आल्मुनियम बढि, ११० सिसि इन्जिनबाट उच्चतम शक्ति उत्पन्न गर्छ, सुपेरियर एक्सीलेरेशन र निकै फियुल इफिसेन्सी रहेको छ ।

 पूर्णत मेटल बढिमा निर्माण भएको जुपिटर क्लासिक सडकमा गुडाउँदा उच्चकोटीको सवारी साधन देखिन्छ । चलाउन निकै सजिलो यो स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ । जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन सकिन्छ । इको मोडमा गुडाउँदा इन्धनमा निकै बचत हुन्छ । जसले हाम्रो अर्थ व्यवस्थामा सहयोग पुग्छ । 

क्षेत्रीय शुभारम्भ कार्यक्रमको उद्घाटनमा जुपिटर क्लासिकको ब्राण्ड एम्बेस्डर, आयुष्मान जोशी र प्रियंका कार्कीले नेपाल आइडलका लोकप्रिय प्रतिस्पर्धी मध्येका एक सुरज थापाका साथमा उपस्थित हुनेछन् । यसअघि, सो कार्यक्रममा सुरज थापाले ग्राहकहरुका लागि मनोरन्जन तथा रिफ्रेसमेन्टका लागि सांगीतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । क्षेत्रीय शुभारम्भ यहि आउँदो फागुन ९ गते पोखराको चिप्लेढुंगामा र फागुन १० गते चितवनको टिभिएस शोरुम भरतपुर ओरालोमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप