बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानसेनापति क्षत्रीले गरे निरीक्षण

सोमबार, ०७ फागुन २०७४, १८ : ४०
सोमबार, ०७ फागुन २०७४

काठमाडौँ– प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज श्री पश्चिम पृतना हेडक्वाटरअन्तर्गत तनहुँको खैरेनीटारस्थित श्री नं ३ राजदल गणको निरीक्षण भ्रमण  गरेका छन् ।  निरीक्षण भ्रमणको क्रममा उनले उक्त गणको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

उनी भोलि लम्जुङस्थित श्री श्रीजंग गणमा सञ्चालन भईरहेको सामूहिक तालिम इलाकाको निरीक्षण, राइनस कोतस्थित द्रव्य शाहको कोत अवलोकन तथा दोस्रो बेंसीशहर लम्जुङ महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको सेनाले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप