क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मान गर्दै जनही नगद तीन लाख दिने घोषणा गरेका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा क्रिकेट खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले उक्त घोषणा गरेका हुन् ।
नामिवियामा हालै सम्पन्न आइसीसी विश्व क्रिकेट लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडी र प्रशिक्षकलाई जनही तीन लाख रुपैंयाले सम्मान गर्नेे घोषणा गरे ।
प्रधानमन्त्री ओलीले सरकार खेल क्षेत्रको विकासको सकारात्मक रहेको बताएका छन् । प्रधानमन्त्रीले घोषणा गरेको उक्त रकम आउँदो शुक्रबार हस्तान्तरण गरिने भएको छ ।
शनिबार नेपाली खेलाडी वल्र्डकप क्वालिफायर खेलका लागि जिम्बावे प्रस्थान गर्दैछन् ।
उनीहरुलाई विदाई सहित रकम हस्तान्तरण गर्ने प्रधानमन्त्री ओलीले बताए ।
सोही कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले पनि प्रति खेलाडी र प्रशिक्षकलाई एक–एक लाख दिने घोषण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ