शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डाक्टर कुट्नेलाई कारवाहीको माग

सोमबार, ०७ फागुन २०७४, १७ : ००
सोमबार, ०७ फागुन २०७४

काठमाडौं– नेपाल चिकित्सक संघले जिल्ला अस्पताल डोटीमा कार्यरत चिकित्सक डा.जितेन्द्रकुमार सिंह माथि भएको आक्रमणप्रति आपत्ति जनाएको छ । डा.सिंहमाथि फागुन ६ गते आक्रमण भएको थियो ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै चिकित्सकीय मर्यादा पालना गर्दागर्दै चिकित्कमाथि शंका उत्पन्न गर्ने, बिरामीलाई उचित परामर्श गर्दागर्दै चिकित्सकको योग्यता र क्षमता माथिनै प्रश्न उठाउने जस्ता अस्वभाविक क्रियाकलाप गर्नुका साथै नियोजित रुपमा नै सांघातिक हमला गर्ने प्रवृत्तिले चिकित्सकीय पेशा असुरक्षित हुन पुगेको उल्लेख छ । 

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा यस्ता प्रकारका अमानवीय क्रियाकलापका कारण सर्वसाधारण नागरिकहरुलाई सहज र सरल रुपमा उपचार प्राप्त गर्न समेत कठिन परिस्थिति सिर्जना भएको संघले जनाएको छ । संघले यस्ता अपराधिक क्रियाकलापहरु यथाशीघ्र बन्द गर्दै घटनाका दोषीहरुलाई कडाभन्दा कडा कानूनी कारबाही नगरिएको खण्डमा नेपाल चिकित्सक संघ जस्तोसुकै कदम चाल्न पछि नपर्ने चेतावनी समेत दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप