शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भूमिकालाई मलेसियामा सर्वाेकृष्ट गायिकाको अवार्ड

सोमबार, ०७ फागुन २०७४, १६ : ५७
सोमबार, ०७ फागुन २०७४

काठमाडौं – चर्चित लोक गायिका भुमिका गिरी मलेसियामा सम्मानित भएकी छन् । उनले मलेरियामा आयोजित ‘हिमालयन इन्टरनेश्नल नेपाली म्युजिक अवार्ड’मा सर्वाेकृष्ट नव गायिकाको उपाधि जितेकी हुन् । 
पछिल्लो समय स्टेज क्विनको रुपमा चिनिएकी गायिकाको यो तेस्रो अवार्ड हो । उनले गीत संगीतबाटै स्वदेशका बिभिन्न अवार्ड समेत हात पारेकी छन् ।
बिदेशमा अवर्ड पाउदा निकै खुसी भएकी गायिका गिररीले अवाडएले अगाडि बढ्न झन् हौसला प्रदान गरेको बताइन् । छोटो समयमा चर्चा कमाउन सफल गायिका भुमिकाले नेपाली लोकसंस्कृतिको संरक्षण गर्नका लागी नेपाली परम्पराको एवं भेषभुषामा रमाउँदै लोक गीत गाउने गरेकी छन् ।
प्राय स्टेज कार्यक्रममा नेपाली पहिरन नछोड्ने गायिका भुमिका केही पहिले चर्चित लोक गायक रामजी खाँणसँग ‘सरर आउँ माया’ गीत सार्वजनिक गरेकी छन् । यो गीतले अहिले सांगीतिक आकाशमा राम्रो चर्चा पाइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप