शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घरदैलोमा पुगेनन् स्वास्थ्य बीमा दर्ता सहयोगी

सोमबार, ०७ फागुन २०७४, १६ : ५२
सोमबार, ०७ फागुन २०७४

महोत्तरी– महोत्तरीका स्थानीयले सरकारले लागु गरेको स्वास्थ्य बिमा कार्यक्रमका सहयोगिहरु आफुहरुसम्क्ष नआएको गुनासो गरेका छन् । 
सर्वसाधारण स्वास्थ्य बीमा गर्न तयार रहेपनि दर्ता गराउन कोहि नआएको उनीहरुको गुनासो छ । बर्दिवासमा स्वास्थ्य बीमाका लागि काम गरिरहेको बिमा बोर्डले १० प्रतिशत कमिसन दिएर नगरपालिका भित्रका १४  वटै वडामा दर्ता सहयोगीहरु खटाएपनि उनीहरु स्थानीयबासीको घरदैलोमा नपुग्दा स्वास्थ्य बिमाले गति लिन नसकेकोे बर्दिवास ३ का स्थानीय ईन्द्र बहादुर भुजेलले बताए ।
बार्षिक २५ सय रकम तिरेर ५ जनाको परिवारले ५० हजार बराबरको उपचार सेवा पाउने स्वास्थ्य बिमाको सरकारी कार्यक्रमबारे महोत्तरीमा धेरैलाई थाहा नै नभएको बताए । 
गत माघ २५ गत्ते महोत्तरी क्षेत्र नम्वर १ का  पतिनिधि सभा सदस्य तथा माओवादी केन्द्रका सचिवालय सदस्य गिरीराजमणी पोखरेलले स्वास्थ्य बिमा गराएर कार्यक्रम सुरु भएको थियो । 
कार्यक्रम लागु भएको १२ दिन बितीसक्दा पनि गाउँटोलमा स्वास्थ्य बिमा दर्ता गराउन कोहि नआएको स्थानीय सर्वसाधारणको भनाई छ ।
बिमा गरेपछी सरकारी स्वास्थ्य संस्थाबाट उपचार लिनुपर्ने भएकोले आफुहरु उपचारमा बिश्वस्त  नभएको बर्दिवास १४ का सचिन खनाल बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप