शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानका विदेशमन्त्री रुस भ्रमणमा निस्किदै

सोमबार, ०७ फागुन २०७४, १६ : ४३
सोमबार, ०७ फागुन २०७४

एजेन्सी– पाकिस्तानका विदेशमन्त्री खवाज मोहम्मद असिफ रुसको औपचारिक भ्रमणका लागि सोमबार मस्को जाने भएका छन् ।  उनले यही फेब्रुअरी १९ देखि २२ सम्म रुसको औपचारिक भ्रमण गर्नुहुने पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ । 

त्यस भ्रमणका क्रममा विदेशमन्त्री खवाजले रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नुहुने पनि विदेशमन्त्रालयद्वार प्राकाशित विज्ञप्तिमा जनाइएको छ ।  त्यस वार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्धका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका विभिन्न विषयमा कुराकानी हुने समाचारमा जनाइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप