शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भाषा, सँस्कृति र परम्पराको संरक्षणमा जोड दिँदै लावती संगठित

सोमबार, ०७ फागुन २०७४, १६ : ४३
सोमबार, ०७ फागुन २०७४

सउल – रमेश लाओतीको अध्यक्षतामा दक्षिण कोरियामा पापोहाङ लाओती सयङको इकाई गठन गरिएको छ । रोजगारीको सिलसिलामा विदेशमा रहेका लाओतीहरुको एक भेलाले पन्ध्र सदस्य रहेको पापोहाङ लाओती सयङ दक्षिण कोरिया गठन गरेको हो।
फागुन ४ गते राजधानी सउलस्थित नाङ्लो रेष्टुरेन्टको सभाकक्षमा भेला भएको हो । इकाईको  उपाध्यक्षद्वय मन्जु लाओती र राम कुमार लाओती भएका छन् भने सचिव ईन्द्रजीत लाओती, सहसचिव जेनिस लावती, कोषाध्यक्ष केहेरमान लाओती, सहकोषाध्यक्ष हेमकला खापुङ लाओती लगायत आठजनासदस्य निर्वाचित भएका छन् ।


विश्वभर छरिएर रहेका लाओतीहरुमा पारिवारीक एकता र सहकार्यका साथै भाषा, सँस्कृति र परम्पराको संरक्षण, संबद्र्धनमा जोड दिने नवनिर्वाचित अध्यक्ष रमेश लाओतीले बताए । 

सयङका संरक्षक हुकुम लाओतीका अनुसार पारिवारिक सद्भाव, मेलमिलाप र परदेशमा लाओती बन्धुहरुमाथि आइपर्ने विविध समस्या समाधान गर्नको लागि सयङ गठन गरिएको हो ।

यसैबीच नेपालस्थित पापोहाङ लाओती सयङका केन्द्रीय अध्यक्ष जगतजंग लाओतीले दक्षिण कोरियामा गठन भएको समितिका पदाधिकारी सदस्यहरुलाई बधाई ज्ञापन गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप