बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तिब्बतसँगको व्यापार नबढ्दा नेपालको आर्थिक अवस्था कमजोर : डा. भट्टराई

सोमबार, ०७ फागुन २०७४, १६ : ३१
सोमबार, ०७ फागुन २०७४

काठमाडौं– नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकलाई समृद्ध बनाउन सबै समुदायको सहभागितामा जोड दिनुपर्ने बताएका छन् ।
संयोजक भट्टराईले मुलुकलाई सही अर्थमा लोकतान्त्रिक मुलुक बनाउन विकास र समृद्धिको दिशामा सबै समुदायलाई सहभागी गराउनुपर्ने तर्क पनि गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तिब्बतसँग व्यापार नभएकै कारण नेपाल आर्थिक रुपमा कमजोर बन्न पुगेको स्मरण गराए ।
मल्लकालीन समयमा नेपालले आर्थिक रुपमा प्रगति गर्नुमा तिब्बतसँगको व्यापार भएको उनको भनाई थियो । 
संयोजक भट्टराईले नेपाल प्राचीन कालमा समृद्ध रहेको चर्चा पनि गरे । उनले मुलुकको समृद्धिका लागि सचेत भएर अघि बढन समेत युवाहरुलाई आह्वान पनि गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप