बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा सरकारका निर्णय खारेज नगर्न कांग्रेसको चेतावनी

सोमबार, ०७ फागुन २०७४, १५ : ५८
सोमबार, ०७ फागुन २०७४

काठमाडौ–प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका कुनै पनि निर्णय खारेज नगर्न सरकारलाई चेतावनी दिएको छ ।  काँग्रेस नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले अघिल्ला सरकारले गरेका निर्णय नयाँ सरकारले खारेज गरे परिणाम नराम्रो आउने चेतावनी दिए । उनले प्रजातन्त्रमा अघिल्ला सरकारले लिएका निर्णय नयाँ सरकारले खारेज गर्नु न्यायसंगत नहुने तर्क गरे । 
संविधान, कानुन र मुलुकमाथि आर्थिक भार थोपर्नेगरी देउवा नेतृत्वको सरकारले लिएका निर्णय फिर्ता लिने नयाँ सरकारले तयारी गरिरहेको छ । तर, सरकारको सम्भावित निर्णयप्रति लक्षित गर्दै काँग्रेस नेता प्रधानले भने ‘प्रजातन्त्रमा त्यसो गर्न न्यायसम्मत हुनै सक्दैन ।’ 

सोमबार काठमाडौंमा आयोजित नेपाल आंशिक प्राध्यापक संघको राष्ट्रिय भेलामा बोल्दै उनले आंशिक प्राध्यापकहरुको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरे । काँग्रेस नेता प्रधानले आफूहरुको समस्या समाधान नभए अनसन बस्न तयार हुन आंशिक प्राध्यापकहरुलाई सुझाव पनि दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप