शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बन्दुकधारीको आक्रमणमा परी अफगानिस्तानमा २३ लडाकू मारिए

आइतबार, १८ असार २०७४, १७ : ५३
आइतबार, १८ असार २०७४

अफगानिस्तान – तालीवानीहरुको आक्रमणमा परी अफगानिस्तानको उत्तरी बल्ख प्रदेशमा सरकार समर्थक १३ जना लडाकु मारिएका छन् ।  तालिबानहरुको विद्युतीय धरापमा परी उनीहरु मारिएको प्रदेश सरकारका प्रवक्ताले आइतबार जानकारी दिएको छ । 

‘तालिबान बन्दुकधारीहरुले शनिबार अबेर चिम्ताल जिल्लाको दुर्गम गाँउ मस्जेड इ सफाडमा सरकार समर्थक लडाकूहरुलाई आक्रमण गरेका र उनीहरुको आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ,’ प्रवक्ता फर्हाद मुनिरले सिन्ह्वा समाचार समितिसँग भने । 

यस आक्रमणको तालिबान लडाकूहरुले जिम्मेबारी लिएका छन् ।  त्यसैगरी अर्को एक समाचारअनुसार अफगानिस्तानकै उत्तरी क्षेत्रमा पर्ने जावजान प्रान्तमा तालिबान लडाकूप्रति केही नरम रहेको भनिएको इस्लामिक स्टेटले तालिबान समूहका १० जना लडाकूको शिर छेदन गरिदिएको छ । 

स्थानीय डेलि विसा नामक पत्रिकाले आइतबार प्रकाशन गरे अनुसार आइएस लडाकूले डार्जाव जिल्लाको अक्बालाक गाँउलाई बुधबार नियन्त्रणमा लिएर १० जना तालिबान लडाकूलाई अपहरण गरेका थिए । 

उनीहरुको शुक्रबार शिर छेदन गरेर हत्या गरिएको सो समाचारमा जनाइएको छ । डार्जाब जिल्लालाई आफ्नो नियन्त्रणमा लिनका लागि तालिबान र आइएस लडाकूहरुका बीचमा विगत केही हप्तादेखि भिडन्त भइरहेको छ । यो घटनाका बारेमा अहिले सम्म तालिबान र आइएस समूहले केही बताएका छैनन् । 

अफगानिस्तानको उक्त भूभाग आफ्नो नियन्त्रणमा लिन विगत दुई बर्षदेखि तालिबान समूह र आइएस समूहले सङ्घर्ष गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप