शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्यानडामा नेपालीले मनाए प्रजातन्त्र दिवस

सोमबार, ०७ फागुन २०७४, १३ : ३६
सोमबार, ०७ फागुन २०७४

काठमाडौँ– अठसट्ठिऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा क्यानडाको ओटवास्थित नेपाली राजदूतावासमा आज एक कार्यक्रम आयोजना गरियो ।  त्यस अवसरमा क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले प्रजातन्त्र प्राप्तिको लडाइँमा प्राण उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै क्यानडासँग नेपालको व्यापार, लगानी र पर्यटन प्रवद्र्धनका साथै पारस्परिक सम्बन्धलाई थप सुदृढ तुल्याउन सक्रिय रुपमा लागेको बताए । 

क्यानडामा रहेका नेपालीहरुको संस्थाका प्रतिनिधि प्रभाकर रेग्मीले क्यानडामा गैरआवासीय नेपाली संघले नेपाली भाषा, साहित्य, कलाको प्रवद्र्धनका निम्ति बालबालिकालाई नेपाली भाषा पठनपाठनको व्यवस्था गरिएको जानकारी दिए । 

कार्यक्रमको प्रारम्भमा नेपालका राष्ट्रिय झण्डा फहराउनाका साथै राष्ट्रिय धुन बजाइएको थियो भने ज्ञातअज्ञा शहीदको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप