बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् बलिउडका चर्चित साली–भिनाजुका जोडी

सोमबार, ०७ फागुन २०७४, १३ : २८
सोमबार, ०७ फागुन २०७४

मुम्बई – बलिउडका कलाकार चलचित्र उद्योगमा आफन्त र नातेदारलाई स्थापित गर्न ठुलै योगदान गर्ने गर्दछन् । दाजु–भाइ, दाजु बहिनी, दिदी भाइ र दिदी बहिनीको जोडी बलिउड अभिनयमा रहेको बिषपय धेरै पटक चर्चामा आइसकेको छ । आज हामीले चर्चाको बिषय बलिउडका साली भिनाजुको बनाएका छनै । जो अहिलेसम्म बाहिर आएको छैन । 
 
अक्षयकुमार र रिकी खन्ना 
अक्षयकुमारकी साली हुन् रिकी खन्ना । उनी अक्षयकी पत्नी ट्वींकल खन्नाकी बहिनी हुन् ।

काजोल र आदित्य चोपडा 
काजोल नाताले निर्माता आदित्य चोपडाकी साली हुन् । किन भने उनी आदित्यकी श्रीमती रानी मुखर्जीकी कजन बहिनी हुन् । रानी र काजोलका बुबा राम मुखर्जी र शोमु मुखर्जी दाजुभाइ हुन् ।

पद्यिमी र शक्तिकपुर 
पद्यिनी कोल्हापुरे नाताले शक्ति कपुरकी साली हुन् । पद्यिनीकी जेठी दिदी शक्चि कपुरकी पत्नी हुन् ।

करिश्मा र सैफअली
करिश्मा कपुर अभिनेता सैफअली खानकी साली हुन् । करिश्मा सैफकी श्रीमती करिना कपुरकी दिदी हुन् ।

रानी मुखर्जी र अजय देवगन
रानी मुखर्जी र अजय देवगन बिचको सम्बन्ध पनि साली भिनाजुको रहेको छ । रानी काजोलकी कजन बहिनी हुन् । रानी र काजोलका बुबा राम मुखर्जी र शोमु मुखर्जी दाजुभाइ हुन् ।

साधना र रणधीर


केही पहिलेकी अभिनेत्री साधना नाताले अभिनेता रणधीर कपुरकी साली थिइन् । साधाना रणधीरकी श्रीमती बबिताकी कजन बहिनी थिइन् । साधना र बबिताका बुबा दाजुभाई थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप