शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्यटकहरुको रोजाईमा टेम्पल टाइगर ग्रीन रिसोर्ट

सोमबार, ०७ फागुन २०७४, १३ : ०३
सोमबार, ०७ फागुन २०७४

चितवन— चितवनका पर्यटकीय क्षेत्रमा ठूला लगानीमा रिसोर्टहरु खुल्ने क्रम बढ्दो छ । 

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दे रिसोर्ट खुल्ने यो बढ्दै गएको हो । 

चितवन चिनाउने पहिलो आधार चितवन राष्ट्रिय निकुञ्ज हो र अधिकांशको रोजाई सौराहा बन्ने गरेको छ । 

तर नवलपरासीको अमलटारी स्थित टेम्पल टाइगर ग्रीन रिसोर्ट बिगत तीन दशकदेखि आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रथम रोजाईमा पर्न सफल भएको छ ।

 टेम्पल टाइगर गी्रन रिसोर्ट प्रकृति र वन्यजन्तुको नैतिक संरक्षणमा अग्रणी रहेको छ । चितवनराष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुहरुको नजिकै बाट अवलोकन गर्ने, जङ्गल सफारी गर्ने र सुन्दर शान्त वातावरणमा आफ्ना परिवार सँग समय बिताउन वा बिभिन्न सभा र सेमिनारका लागी टेम्पल टाइगर गी्रन रिसोर्ट रामा्रे गन्तब्य बन्न सक्छ । 

कावासोती बजारबाट २० मिनेट र भरतपुरको एयरपोर्टबाट एक घण्टाको  सवारी यात्रामा टेम्पल टाइगर गी्रन रिसोर्ट पुग्न सकिन्छ । टेम्पल टाइगर गी्रन रिसोर्टमा जम्मा जम्मी २० वटा डिलक्स र सुट भिल्लाहरु रहेका छन् । साना चिटिक्क परेका काठका भिल्लाहरुमा रहेका बलकोनीमा बसेर प्रकृतिको आनन्द लिन सकिन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप