राष्ट्रसंघका महासचिव स्तब्ध
एजेन्सी– इरानमा आइतबार भएको यात्रुबाहक विमान दुर्घटनामा परी ६५ जनाको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बताएका छन् । इरानको जाग्रोसस्थित पहाडी क्षेत्रमा आइतबार सो विमान दुर्घटनाग्रस्त भएको थियो । असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गरेको एयरलाइन्स दुर्घटनाग्रस्त भएको छ ।
सो विमान दुर्घटनाबाट ६५ जनाको ज्यान गएको घटनाले आफू निकै स्तब्ध हुनुभएको महासचिव गुथ्रेसका उपप्रवक्ता फराह हकले जानकारी दिएका छन् । महासचिव गुथ्रेसको तर्फबाट प्रकाशित सो विज्ञप्तिमा उक्त दुर्घटनामा परी ज्यान गएका व्यक्तिहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको छ । साथै शोकमग्न परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गरिएको छ ।
जाग्रोस पहाडी क्षेत्रमा रहेको डेना पहाडमा विमान दुर्घटना भएको हो । घटनास्थल यासुजदेखि २३ किलोमिटर र राजधानीदेखि ५०० किलोमिटर टाढा पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथाको चुचुरोमा
-
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा समेत बिचौलियाको बिगबिगी
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता