मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा ‘स्वास्थ्य बीमा’ कार्यक्रम लागू

सोमबार, ०७ फागुन २०७४, ११ : ४४
सोमबार, ०७ फागुन २०७४

कपिलवस्तु–नेपाल सरकारद्धारा सञ्चालित ‘स्वास्थ्य बीमा’ कार्यक्रम यहाँ पनि लागु गर्न थालिएको छ । आउँदो तीन वर्षसम्ममा देशका सबै नागरिकलाई ‘स्वास्थ्य बीमा कार्यक्रम’ मा समेट्ने रणनीति अनुसार यहि चैत १ गते देखि कपिलवस्तुमा पनि विस्तार गर्न थालिएको स्वास्थ्य विभागका जनस्वास्थ्य अधिकृत भरत बहादुर कुंवरले जानकारी दिए ।

सोहि कार्यक्रम अन्र्तगत यतिबेला यहाँका स्थानिय तहहरुमा ‘स्वास्थ्य बीमा‘ सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरीएको छ । आईतबार यहाँको वाणगंगा नगरपालिकामा स्थानिय तहका सरोकारवाला तथा स्वास्थ्य कर्मिहरुको बिचमा ‘स्वास्थ्य बीमा‘ सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरीएको छ ।

नेपाल सरकार बीमा बोर्ड काठमाडौँको आयोजनामा भएको कार्यक्रममा सहजीकरण गर्दै जनस्वास्थ्य अधिकृत भरत बहादुर कुंवरले बीमाको पृष्ठभुमी,उद्धेश्य,दर्ता पक्रिया तथा सुविधाका विषयमा प्रष्ट पार्नु भएको थियो । तपाईको स्वास्थ्य, हाम्रो अठोट भन्ने मूल उद्येश्यका साथ गरिबिको रेखा मुनि रहेका अति विपन्न परिवारका ब्यक्तिहरुलाई समेत स्वास्थ्य सेवाको पहुंचमा पु¥याउने कार्यक्रमको लक्ष्य रहेको सो अबसरमा जानकारी गराईएको छ ।

क्रार्यक्रममा उपस्थित सरोकारवालाहरुले कार्यक्रम अत्ययन्त राम्रो रहेको तर बीमा रमक कम भएको धारणा राखेका थिए । बाणगंगा नगरपालिका प्रशाशकिय अधिकृत तुल्सीराम मरासिनिले कार्यक्रमको उद्धेश्य महत्वपूर्ण रहेको बताउदै दीर्घ रोगहरुको समेत उपचार हुने गरि समेट्दा अझ उपयुक्त हुने बताए । उनले भने,–‘अहिलेको समय अनुसार बीमा रकम कम भयो, यसलार्इृ बढाउदा अझ प्रभावकारी हुनेछ र दीर्घरोगीका लागि समेत समेट्न सके राम्रो हुन्छ ।’

यस्तै बाणगंगा नगर स्रोत केन्द्र स्रोत ब्यक्ती कबिराज भण्डारीले पनि बीमा रकम कम भएको धारणा राख्नुभयो । एक परिवारले बार्षिक दुई हजार पाँच सय रकम जम्मा गरेपछि पचार हजार सम्मको स्वास्थ्य उपचार गर्न पाउने ब्यबस्था कम भएको सुझाब राखे ।

नगरपालिका उप प्रमुख चक्रपाणि अर्यालले निजि स्वास्थ्य बीमा कम्पनीले बढि रकम दिने हुदाँ नेपाल सरकारको यस कार्यक्रमलाई प्रभाव पर्ने हुदा बीमा रकम बढाउनु पर्ने धारणा राख्नुभयो । बरु बार्षिक दुई हजार पाँच सय बढाएर तीन हजार पाँच सय पु¥याउनु पर्ने तर बिमा रकम भने बढाउनै पर्ने सुझाव राखे । उनले भने,–‘जनताको आर्थिक अवस्था हेरेर बीमा रमक बढाउन सकेमा यसको प्रभावकारीता बढ्छ, आजभोली जनताले थोरै रकम पाउन धरै झनझट ब्यहोर्न खोज्दैन त्यसैले दुबै तिर रकम बढाउदा राम्रो हुन्छ ।

नगरपालिकाका स्वास्थ्य फोकल पर्सन कमल ज्ञवालीले नेपाल सरकारको स्वास्थ्य बीमाका वारेमा सबैले बुझ्न आबश्यक रहेको बताए । कार्यक्रममा नगरपालिका भित्रका वाड अध्यक्षहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा स्वास्थ्यकर्मी तथा सञ्चारकर्मी लगाएत तीस जना बढिको सहभागिता रहेको थियो । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहने पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । अतिरिक्त सदस्यले ४२५ रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ ।

बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीवीको रेखा मुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ ।

सरकारले बीमा कार्यक्रममा आवद्ध भएका सदस्यहरुको निःशुल्क उपचारकै लागि विभिन्न जिल्लाका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, सरकारी तथा निजी अरुपतालहरुसित सम्झौता समेत गरेको छ ।

विरामीको अवस्था, अस्पतालले दिने सुविधा तथा नजिकको पायक पर्ने स्थानको आधारमा समितिले अस्पतालहरुको सूची तयार पारेको छ । त्यही सूची तथा सम्झौताका आधारमा विरामीहरुले विभिन्न सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य सेवा लिइरहेका छन् ।

स्वास्थ्य सेवामा आम नागरिकको पहँुच सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा विधयेक ०७४ हालै पारित भएको छ । कपिलवस्तु जिल्ला यो कार्यक्रम लागु हुने २५ औँ जिल्लामा पर्दछ । स्वास्थ्य वीमा गराउने कपिलवस्तुका सर्वसाधारणले जेठ १ गते बाट सेवा पाउने छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप