एसपीले व्यापारीका ५१ पोका कपडा भैरहवा लैजान खोजेपछि तनाव
नवलपरासी– नवलपरासीको पालिनन्दन गाउँपालिका १ मा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड अश्रुग्यास र एक राउण्ड हवाई फायर गरेको छ ।
गत २८ माघमा सीमा क्षेत्रका व्यापारीले छोरी भन्सार कार्यालय भुजहवाको गोदाममा स्टोर गरेर राखेको ५१ पोका कपडा प्रहरीले बरामद गरी महेश्वर भन्सार कार्यालय पुर्याएको थियो ।
त्यहाँबाट प्रक्रिया पुर्याए छाडिदिनुको साटो नवलपरासीका एसपी मुकुन्द राज आचार्यले भैरहवा भन्सार पठाउनु पर्ने बताएपनि व्यापारी आक्रोशित भएका थिए ।
आचार्यको निर्देशनमा ५१ पोका कपडा भैरहवा भन्सार पठाउनगाडीमा लोड गरिँदै गर्दा स्थानीय व्यापारीले अवरोध गरेपछि झडप सुरु भएको बताइएको छ ।
सोमबार बिहान ८ बजेदेखि १० बजेसम्म प्रहरी र व्यापारीबीच झडप भएको थियो भने अहिले थप प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज अक्षय तृतीया, सातु र सर्वत खाएर मनाइँदै
-
नेसपाले ‘केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम’ गर्ने
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज पेशी
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची
-
सुदूरपश्चिम सरकारलाई ‘बजेट कानुन’ घाँडो, अधिवेशन अन्योलमा