आठ गोलको थ्रिलरमा रियल विजयी, बार्सामा एथ्लेटिकोको दबाब कायम
म्याड्रिड । मार्को असेन्सियोको दुई गोलको मद्दतले आठ गोलको थ्रिलरमा रियल म्याड्रिडले रियल बेटिसलाई हराउँदै ला लिगामा लगातार तेस्रो जीत निकाल्न सफल भएको छ ।
जिनेदिन जिदानको टोलीले एसेन्सियोको गोलको मद्दतले खेलको ११ औँ मिनेटमा नै अग्रता लिएको थियो ।
तर, त्यसपछि खेलमा नियन्त्रण राख्दै घरेलु टोली रियल बेटिसले एसिया मान्डीको गोलको मद्दतले खेलमा फर्कियो । पहिलो हाफको अन्त्यतिर नाचोले आत्मघाती गोल गरेपछि बेटिसले अग्रता लियो ।
दोस्रो हाफमा भने सर्जियो रामोशले लुकास भाज्क्वेजको कर्नरमा गोल गर्दै खेल पुनः बराबरी गरे ।
त्यसपछि एसेन्सियो र क्रिस्टियानो रोनाल्डोले गोल गर्दै रियललाई ४–२ को अग्रता दिलाए ।
तर, अन्त्यतिर सर्जियो लियोनले गोल गरेपछि खेल ४–३ को स्थितिमा पुग्यो तर इन्जुरी समयमा करिम बेन्जेमाले गोल गरेपछि खेल रियलले आफ्नो पक्षमा पार्यो ।
गत हप्तामा रियलले च्याम्पियन्स लिगमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै पेरिस सेन्ट जर्मेनलाई ३–१ गोलअन्तरले गराएको थियो ।
एक खेल कम खेलेको रियल ला लिगाको चौथो स्थानमा सिमित छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १७ अंकले पछि रहेको छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा १० अंकले पछि परेको छ ।
उता, एथ्लेटिको म्याड्रिडले पनि एथ्लेटिक बिल्बाओलाई हराउँदै बार्सामाथि दबाब कायम राखेको छ ।
२–० को जीत निकाल्ने क्रममा एथ्लेटिकोका लागि केभिन गामेरियो र डिएगो कोस्टाले एक–एक गोल गरे । एथ्लेटिको आएपछि उनको यो चौथो गोल हो ।
एथ्लेटिको बार्सिलोनाभन्दा ७ अंकले पछि रहेको छ ।
अन्य खेलमा भिल्लेरियाल भने एस्पानियोसँग १–१ को बराबरीमा रोकियो भने रियल सोसिडाडले लेभान्तेलाई ३–० गोल अन्तरले पराजित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव
-
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
-
एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु